१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आर्मीलाई ४ र गण्डकीलाई २ स्वर्ण

पोखरा - प्याराग्लाइडिङमा विभागीय टोली नेपाली सेनाले स्वर्ण पदकमा वर्चस्व कायम राखेको छ। ६ स्वर्णमध्ये आर्मीले ४ र गण्डकी प्रदेशले २ स्वर्ण पाएका छन्। आर्मीले पुरुषतर्फ ३ र महिलातर्फ एक स्वर्ण पायो। गण्डकी प्रदेशले महिला र पुरुषमा एक÷एक स्वर्ण हात पारेको छ।

नेपाल प्याराग्लाडिङ तथा ह्याङग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतका अनुसार प्रतियोगितामा सेनाले सर्वाधिक बढी पदक ४ स्वर्ण र ४ रजत हात पारेको छ। गण्डकीले २ स्वर्ण, १ रजत र ४ कांस्य हात पारेको छ। प्रदेश १ ले १÷१ वटा रजत र कांस्य हात पारेको छ। प्रदेश ३ ले १ मात्र कांस्य हात पारेको छ। सेनाले पुरुषतर्फ टिम एक्युरेसी, इन्डिभिजुअल एक्युरेसी, इन्डिभिजुअल क्रस कन्ट्री र महिलाको इन्डिभिजुअल एक्युरेसीमा स्वर्ण पदक जितेको छ। गण्डकीले टिम क्रस कन्ट्री र महिलातर्फ इन्डिभिजुअल क्रस कन्ट्रीमा मात्र स्वर्ण जितेको छ।

राष्ट्रिय खेलकुदको यो प्रतियोगितामा भाग लिने खेलाडीले पोखराको सराङकोटबाट उडेर फेवाताल किनारको खपौदीमा अवतरण गरेका थिए। प्रतियोगितामा प्रदेश १, ३, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले सहभागिता जनाएका थिए। विभागीय टोली आर्मीले पनि पहिलो पटक सहभागिता जनाएको थियो।

प्रतियोगितामा पुरुषतर्फ टिम क्रस कन्ट्री र टिम एक्युरेसी तथा इन्डिभिजुअल क्रस कन्ट्री र इन्डिभिजुअल एक्युरेसी र महिलातर्फ इन्डिभिजुअल क्रस कन्ट्री र इन्डिभिजुअल एक्युरेसीमा मात्र प्रतिस्पर्धा भएको रावतले बताए। सबै गरी ५१  पुरुष र १० महिला गरी ६१ जनाले भाग लिएको उनले बताए।

प्रकाशित: १० वैशाख २०७६ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App