१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सचिवालय बैठकले टुंग्यायो ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिव

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ। 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिए। श्रेष्ठले जिल्ला अध्यक्ष र सचिवकाे नाम भाेलि सार्वजनिक गरिने बताए।

यसअघि आजै विहान नेकपाका शीर्ष ४ नेताले एकता प्रक्रिया टुंग्याउनेबारे छलफल गरेका थिए भने अध्यक्ष पुष्पकमल दाहालले भोलि एकता प्रक्रिया टुंगिएको घोषणा हुने बताएका थिए। 

बैठकले ७१औं पार्टी स्थापना दिवस प्रज्ञा प्रतिष्ठान भवनमा कार्यक्रम आयोजना गरेर मनाउने निर्णय गरेको छ। कार्यक्रम भोलि दिउँसो १ बजे आयोजना हुने छ।

प्रकाशित: ८ वैशाख २०७६ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App