१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोलम्बो विस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या १ सय ३८ पुग्यो

श्रीलंका – श्रीलंकाको राजधानी कोलम्बोमा भएका छुट्टाछुट्टै बिस्फोटमा परी ज्यान गुमाउनेको संख्या १ सय ३८ पुगेको छ। ३ गिरिजाघर र ३ वटै पाँचतारे होटलमा भएको आक्रमणमा परेर ४ सय बढी घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

कोलम्बो नेसनल अस्पतालका निर्देशकका अनुसार ‘आइतवार बिहानै भएको आक्रमणमा हालसम्म १ सय ३८ को मृत्यु भइसकेको छ। घाइतेहरुलाई अस्पताल पुर्याइएको छ।’ स्थानीइ समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा आक्रमण भएको थियो।

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा यी विस्फोटनहरू भएका हुन्। प्रत्येक वर्ष अप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्वमा मनाइन्छ। विस्फोटनपछि संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाइएको छ।

चार वटा चर्च आक्रमणकारीको निशानामा राखिएको थियो। कोचिकाडा चर्च, कटुवापितिया चर्च, किङ्सबेरी चर्च, बेतिकोला चर्चलाई निशानामा राखिएको थियो।  श्रीलङ्काको अन्य बिभिन्न क्षेत्रमा पनि आक्रमण भएको प्रहरी प्रवक्ता रुवान गुनसेकेराले बताएका छन्। आक्रमण कसले र किन गराएको भन्ने कुरा पुष्टि भएको छैन।

 

 

 

प्रकाशित: ८ वैशाख २०७६ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App