१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मन्त्रीको अस्पतालमा नर्स झुण्डिएको अवस्थामा फेला

जनकपुरधाम– प्रदेश २ को अस्थाई राजधानी जनकपुरको जानकी हेल्थकेयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्स झुण्डिएको अवस्थामा फेला परेकी छन्।  

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–३ रामनगरकी २१ वर्षीया रक्षा आलेको शव हस्पिटलको शौचालयमा झुण्डिएको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको साथीको अनुसार उनले शनिबार राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएकी थिइन्। 

सो अस्पताल संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले सञ्चालन गरेको अस्पताल हो। प्रहरीका अनुसार मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

प्रकाशित: ८ वैशाख २०७६ ०५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App