१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटना, घटनास्थलमै एकको मृत्यु

धादिङ - पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा यात्रुबहाक बस दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

आइतबार बिहान काठमाडौँदेखि गोरखाको मनकामना दर्शक गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरट्याक गर्ने क्रममा सडकबाट खसेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाईतेहरुको उद्धार कार्य भइरहेको इलाका प्रहरी कार्यलय गजुरीका इन्स्पेक्टर नवराज ढुङगेलले जानकारी दिए। बसमा ३० जना भन्दा बढी यात्रु रहेको उनले बताए। मृतकको सनाखत हुन सकेको छैन । थप विवरण आउन बाँकी छ।

प्रकाशित: ८ वैशाख २०७६ ०५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App