विषादी प्रयोगशाला स्थापना

आइतबार, ०८ बैशाख २०७६, १० : २० नागरिक

तनहुँ– गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरेको छ।

तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले मन्त्रालयले प्रदेशको नाका आँबुखैरेनी गाउँपालिका–३ मा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगाशाला स्थापना गरेको हो। उक्त प्रयोगशालाको शनिबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरे। मन्त्री गुरुङले खाद्यान्न जीवन र स्वास्थ्यसँग जोडिएकाले सबैले स्वच्छ खाद्यान्न उपभोग गर्न पाउनुपर्ने बताए।

उत्पादनको लाभ लिन बढी विषादी प्रयोग हुने गरेको भन्दै मन्त्री गुरुङले प्रदेशभित्र भित्रिने तरकारीलगायत खाद्यान्न स्वच्छ र स्वस्थ बनाउन प्रयोगशाला स्थापना गरिएको बताए। शुरुआती चरणमा बाहिरबाट प्रदेश भित्रिने तरकारी मात्रै परीक्षण हुने र निकट भविष्यमा प्रदेशभित्रकै तरकारी लगायतका खाद्यान्नसमेत परीक्षण गर्ने व्यवस्था मिलाउन सरकार लागि परेको उनले जानकारी दिए।

भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले स्वच्छ र स्वस्थ खाद्यान्न सर्वसाधारणलाई उपभोग गराउने उद्देश्य बमोजिम प्रदेशको दुई वटा नाकामा प्रयोगशाला स्थापना गरिएको बताए। आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालय अगाडि भाडाको घरमा सञ्चालित प्रयोगशालामा गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारी लगायतका खाद्य पदार्थ परीक्षण गरिनेछ।

परीक्षणले अखाद्य देखिएका खानेकुरा भित्र्याउन रोक लगाइने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले जानकारी दिए। प्रयोगशालामा अखाद्य पदार्थ पहिचान गर्ने उपकरण जडान गरिनेछ। सचिव दवाडीका अनुसार प्रयोगशालालाई आन्तरिक क्वारेन्टाइनको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ। रासस





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad