१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजपाले मनायो तेस्रो स्थापना दिवस

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले शनिबार तेस्रो स्थापना दिवस मनाएको छ। सो अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी नेताहरूले पार्टीलाई बधाई तथा शुभकामना दिएका छन्। कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टीका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, राप्रपा (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको उपस्थिति रहेको थियो। कांग्रेस सभापति देउवाले राजपाका नेताहरूले शुभकामना दिएर केहीबेरमै त्यहाँबाट हिडेका थिए।

सञ्चारकर्मीको जिज्ञासामा पन देउवाले केही उत्तर दिएनन्।कार्यक्रममा रापजा अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारी, महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झालगायतका नेता तथा कार्यकर्ता उपस्थिति थिए। अध्यक्षमण्डलका पूर्वसंयोजक महन्द्र यादव भने कार्यक्रममा सहभागी थिएनन्। उनी आफ्नो पारिवारिक कारण स्थापना दिवसमा आउन नसकेको राजपाका अन्य नेताहरूले बताएका छन्।

२०७४ वैशाख ७ मा तत्कालीन तराइ मधेस केन्द्रित ६ राजनीतिक दलबीच एकीकरण भई राजपा गठन गरिएको थियो। पार्टी गठन हुँदा एक वर्ष भित्र महाधिवेशन गर्ने प्रतिबद्धता गरिएको थियो। एक वर्षभित्र महाधिवेशन हुन नसकेपछि राजपाका नेताहरूले विधान संशोधन गरी दुइ वर्षभित्र महाधिवेश गर्ने प्रतिबद्धता गरेका थिए। शनिबारबाट राजपा गठन भएको पनि दुइ वर्ष पूरा हँुदैछ। कानुनी रूपमा भने पार्टी गठन भएको दुई वर्ष वैशाख १७ मा पुग्दैछ। दुइ वर्षभित्र पनि महाधिवेश गर्न नसके राजपाले फेरि विधान संशोधन गर्नुपर्ने हुन्छ।

आइतबारदेखि राजपाको पदाधिकारी बैठक बस्दै छ। सो बैठकले महाधिवेशनको तिथिबारे छलफल हुने नेताहरूले जनाएका छन्। बैठकमा अध्यक्षमण्डलका संयोजक भण्डारीले राखेको प्रस्तावको विषयमा पनि छलफल हुने भएको छ। केही दिनअघि बसेको बैठकमा भण्डारीले पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदलाई महाधिवेशन प्रतिनिधि मानी विशेष महाधिवेशन गर्नु पर्ने प्रस्ताव राखेका थिए। सो प्रस्ताव महेन्द्र यादले अस्वीकार गरेका थिए। यस प्रस्तावको विषयमा पदाधिकारी बैठकमा गम्भीर छलफल हुने राजपाका नेताहरूले जनाएका छन्।

प्रकाशित: ८ वैशाख २०७६ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App