१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजमार्ग र चोकमा सत्याग्रह स्थगित

काठमाडौं – हिन्दु राष्ट्रको माग राख्दै धर्म निरपेक्षताविरुद्ध आन्दोलन सुरु गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबारदेखि गर्ने भनिएको राजमार्ग र चोकहरूमा सत्याग्रह कार्यक्रम स्थगित गरेको छ।

उक्त कार्यक्रम दोस्रो चरणमा गरिने राप्रपाले जनाएको छ। राप्रपा केन्द्रीय समितिको शनिबार बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो। दोस्रो चरणको कार्यक्रम थप प्रभावकारी बनाउनुपर्ने भएकाले पहिलो चरणमा राजमार्ग र चोकहरूमा सत्याग्रह स्थगित गरिएको पार्टीले जनाएको छ।

पार्टीले दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा समिति गठन गरेको छ। राप्रपा हिन्दु राष्ट्रको माग राखेर चैतदेखि आन्दोलनमा छ। हिन्दु राष्ट्र घोषणा नभएसम्म आन्दोलन जारी राख्ने राप्रपाका नेताहरुले बताएका छन्।

प्रकाशित: ८ वैशाख २०७६ ०१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App