१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्यारागन प्रोट्यालसद्वारा छात्रवृत्ति प्रदान

काठमाडौं – मुलकका विभिन्न स्थानमा रहेका अनाथ, अति बिपन्न, पिछडिएका, उत्पीडित, आर्थिक अवस्था कमजोर र बिकट क्षेत्रका बालबालिकालाई प्यारागन प्रोट्यालस फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेको छ।

सन् २०१९ मा दर्ता भई काम सुरु गरेको संस्थाले मुलुकका विभिन्न स्थानका १८० छात्रालाई आवसीय तथा पूर्ण एवं आंशिक छात्रवृत्ति प्रदान गरेको फाउन्डेसनका सञ्चालक शाकीर उद्धिनले बताए। छात्रवृत्तिमा पढ्न इच्छुक एवं मेधावी ६ देखि १४ वर्षसम्मका छात्रालाई विशेष प्राथमिकतामा राखिएको सञ्चालक उद्धिनले बताए।

‘आशा’ नामक परियोजनाअन्तर्गत यस वर्ष नेपालकै बिकट डोल्पाबाट ६८, बाराबाट १०, पशुपति क्षेत्रबाट २६ तथा बाँकी मुलुकका अन्य भागबाट गरी १८० बालबालिकालाई छात्रवृत्ति प्रदान गरिसकिएको उद्धिनले जानकारी दिए। आगामी वर्षमा क्रमशः ३ सय, ५ सय गर्दै तीन वर्षभित्र हजार जना विपन्न, आर्थिक अवस्था कमजोर भएका र विकट क्षेत्रका बालिकालाई विशेष प्राथमिकतामा राखी छात्रवृत्ति दिइने बताइएको छ।

प्रकाशित: ८ वैशाख २०७६ ०१:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App