दिल्लीबाट नेपाल आएको बसमा भेटियो बम बनाउने बिष्फोटक सामाग्री

शनिबार, ०७ बैशाख २०७६, १२ : २६ नागरिक

काठमाडौं - नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा बम बनाउन प्रयोग हुने बिष्फोटक सामाग्री  बरामद गरिएको छ। पश्चिमी नाका कैलालीको गड्डा चौकी हुँदै काठमाडौं आउन लागेको बसबाट शुक्रबार राति शसस्त्र प्रहरीको टोलीले उक्त सामाग्री  बरामद गरेको हो।  राति करिब पौने एक बजेतिर ना ५ ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरिएको शसस्त्र प्रहरी बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक  नेत्र केसीले जानकारी दिए।

बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहितका विस्फोटक सामाग्री बरामद गरिएको उनले बताए। बरामद भएको सामान सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएर राखेको थियो। तर, शनिबार बिहान मात्रै उक्त समाग्री बिस्फोटक पदार्थ बनाउन प्रयोग हुने रहेको पत्ता लाग्यो। सामानका पोका खोलेर हेर्दा डिटोनेटर लगायतका बिष्फोटक पदार्थ फेला परे । डिएसपी केसीले भने, 'त्यसपछि हामीले अन्य जिल्लाका प्रहरी युनिटलाई जानकारी गराएर बस नियन्त्रणमा लिन सफल भयौं।'

उक्त बस नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभूषण तिमिल्सिनाले भने शसस्त्र प्रहरीले उक्त समाग्री बरामद गरेकोले विस्तृत विवरण आफूले पाइनसकेको जानकारी दिए। नागरिकसँग उनले भने, 'शसस्त्रले बरामद गरेको सामाग्री जिल्ला प्रहरी कार्यालयमा ल्याउन टोली गएको छ। त्यसपछि मात्रै के कति परिणामा छ थाहा हुन्छ।'







यसमा तपाईको मत


अन्य समाचार

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...