१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पिसकोर स्वयंसेवकहरूको शपथ

काठमाडौं – अमेरिकी राजदूत -यान्डी बेरी तथा पिसकोरका नेपाल निर्देशक सेरी रस्सेलबाट ४९ जना पीसकोर स्वयंसेवकले शपथ ग्रहण गरेका छन्। नेपालमा आफ्नो दुई वर्षे सेवा सुरु गर्नुपूर्व उनीहरूले शपथ लिएका हुन्। यी नयाँ स्वयंसेवकहरू सन् १९६२ यता नेपालमा आई सेवा पु‍-याइसकेका ३८ सयभन्दा बढी स्वयंसेवक र विश्‍वभरका अन्य ६५ देशमा सेवारत ७२ सयभन्दा बढी पीसकोर स्वयंसेवकहरूको सूचीमा सामेल भएका छन्।

फेब्रुअरी २०१९ मा नेपाल आइपुगेका ४९ जना पिसकोर स्वयंसेवकले आफ्नो सेवाको तयारीका लागि काभ्रे जिल्लामा ११ हप्‍ते सघन भाषिक, अन्तरसांस्कृतिक तथा प्राविधिक तालिम पूरा गरेका छन। सरकारी विद्यालयहरूमा अंग्र्रेजी भाषा अध्यापन गर्नुका साथै खाद्य सुरक्षा, युवा विकास तथा स्वास्थ्यसम्बन्धी परियोजनाहरूमा काम गर्न यी स्वयंसेवकहरूलाई विभिन्न प्रदेशका १० जिल्लामा खटाइएका छन्।
 

प्रकाशित: ७ वैशाख २०७६ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App