१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घाइते सैनिकलाई काठमाडौँ पठाइयो

पोखरा -  नेत्रविक्रम चन्द्र (विप्लव) समूहद्वारा पोखरामा राखिएका बमलाई निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

सो बमबाट कालीभञ्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देब्रेहातको हत्केलामा क्षति भएको छ। उनको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए। नेत्रविक्रम चन्द (विप्लव) समूहले पोखराको नदीपुरस्थित प्रदेशसभा नजीकको सडकको छेउमा सो बम राखेको थियो

यसैबीच पोखराको चिप्लेढुङ्गास्थित ट्रेडमल नजीकै शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम निष्क्रिय टोली सो स्थलमा पुगेर निष्क्रिय गर्ने तयारीमा जुटेका छन्। रासस

प्रकाशित: ५ वैशाख २०७६ ०७:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App