१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गुल्मीका पत्रकारले धर्नासँगै बुझाए ज्ञापनपत्र

गुल्मी - विद्युतीय कारोवार ऐन दफा ४७ र ४८ खारेजीको माग गर्दै गुल्मीका पत्रकारहरु धर्ना बसेका छन। जिल्ला प्रशासन कार्यालय गुल्मीको गेटमा पत्रकार महासघ गुल्मी शाखाको आयोजनामा गुल्मेली पत्रकारहरु बिहिवार  एक घण्टा  धर्ना बसेका हुन।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको कार्यक्रमलाई एैक्यवद्वता जनाउँदै धर्ना कार्यक्रम गरिएको जिल्ला शाखा अध्यक्ष नवराज भुसालले  बताए।

‘विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ बुँदा लगाएर पत्रकारलाई कारवाही गर्न पाइदैन’ ,आफुहरुको माग बारे सुनाउँदै उनले भने, ‘पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिना शर्त रिहाईको हामी माग गर्दछौं।’ उनले पक्राउ  परेका पत्रकारहरुलाई विनाशर्त रिहाई नगरे तथा विध्युतिय दफा खारेज नगरे चरणवद्व आन्दोलन उत्रने समेत वताए।

पत्रकारिता साइवर अपराध होइन, प्रेस स्वतन्त्रताको ग्यारेन्टीको विरोध व्यानर सहित जिल्लाका क्रियाशिल पत्रकारहरु धर्ना बसेका छन। धर्नापछि गुल्मेली पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालय र सुचना तथा संचार प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र पठाएका छन।

प्रकाशित: ५ वैशाख २०७६ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App