१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

पूर्वराजाको सन्देश

मुलुक भ्रष्टाचार र बेथितिका काण्डै–काण्डमा चुर्लुम्म डुबिरहेको अवस्थामा हामी नयाँ वर्षमा प्रवेश गरेका छौँ। जे जति पनि भ्रष्टाचार, बेथिति र लुटतन्त्रका घटना बाहिर आएका छन् ती मूलतः सञ्चार माध्यमबाटै बाहिर आएका छन्। बाहिर नआएकात कति होला होला। विगतमा झैँं यसपटक पनि राजनीतिक नेता र पूर्वराजा ज्ञानेन्द्रबाट नयाँ वर्षको शुभकामना व्यक्त गर्ने काम भएको छ।

राजनीतिक नेताहरूको सन्देशले नेपाली नागरिकको मन छुन नसकेको भए तापनि पूर्वराजा ज्ञानेन्द्रको सन्देशले भने ध्यान आकृष्ट गरेको छ। यस लेखमा पूर्वराजाको २०७६ सालको शुभकामना सन्देशबारे विश्लेषण गरिनेछ। पूर्वराजाको उक्त सन्देशबारे विश्लेषण गर्नुपूर्व सो सन्देशका केही महत्वपूर्ण अंशलाई७ बुँदामा राखेर छलफल गरिनेछ:

१. विगत गल्तीको समीक्षा
२. लोकतन्त्रप्रतिको आस्था
३. मुलुकप्रतिको निष्ठा
४. शक्ति पृथकीकरणको सिद्धान्त
५. राष्ट्रिय एकता र ऐक्यबद्धता
६. नागरिकका साथमा पूर्वराजा
७. देशको नाजुक अवस्था अझै कति रहने ?

गल्ती समीक्षा र स्वीकार गर्न सक्ने क्षमता राजनीतिक नेतृत्वमा नभएकै कारण मुलुक पीडादायक स्थितिमा पुगेको छ। विगतका गल्तीबाट पाठ सिक्न सक्नुपर्छ तर विगतमा के गल्ती भए र तिनबाट के कसरी पाठ सिक्ने ?विगतमा राजसंस्थाबाट भएको सबैभन्दा ठूलो गल्ती नै लोकतन्त्रमाथिको प्रहार हो। अर्थात् राज्यको सम्पूर्ण राजकीय शक्ति आफ्नो हातमा लिएर शासन गर्ने प्रवृत्ति र कार्य हो। राजसंस्थाको यही प्रवृत्तिका कारण अन्ततः गणतन्त्रको मार्ग प्रशस्त बन्यो। वास्तवमै दुनियाँकै इतिहास हेर्ने हो भने राजा÷महाराजाहरूले गल्ती समीक्षा गर्ने र त्यसबाट पाठ सिक्ने कार्य गर्दैनन्। तर राजसंस्थाबाट भएको त्यो गल्तीको समीक्षा हुनु, स्वीकार गर्नु र त्यसबाट पाठ सिक्नु प्रशंसनीय छ।

विगतमा राजसंस्थाबाट भएको सबैभन्दा ठूलो गल्ती नै लोकतन्त्रमाथिको प्रहार हो। अर्थात् राज्यको सम्पूर्ण राजकीय शक्ति आफ्नो हातमा लिएर शासन गर्ने प्रवृत्ति र कार्य हो।

लोकतन्त्रप्रति आफू निष्ठावान भएको प्रण पूर्वराजाबाट हुनु मुलुकको हितका लागि ज्यादै महŒवपूर्ण उपलब्धि हो। अझ शक्तिपृथकीकरणको सिद्धान्त स्वीकार गर्नु भनेको नेपाली नागरिकले राजसंस्था स्वीकार गरी मौका दिएको खण्डमा आफू संसद्भित्र बस्न तयार छु भन्ने सन्देश सञ्चारित गर्नु नै हो। मुलुकले धेरै तथाकथित राजाहरू वा राजा हुन चाहने नेताहरू भन्दा एउटै राजा स्वीकार गर्दा राष्ट्र प्रमुखलाई दलीय एकाधिकारको पन्जाबाट मुक्त गर्न सकिन्छ भन्ने भावना आज मुलुकभर जागृत भइरहेको देखिन्छ। त्यो मुलुकको एकता, सद्भाव र सहिष्णुताको सम्बद्र्धनका लागि मात्रै नभएर दलीय प्रतिस्पर्धामा आधारित लोकतन्त्रको संस्थागत विकासका लागि पनि कोशेढुंगा बन्न सक्छ कि सक्दैन भनेर अब खुला भएर बहस र छलफल गर्नुपर्ने बेला आएको छ।

जब जब मुलुकको राष्ट्रिय एकता र सामाजिक सद्भाव एवं सहिष्णुतामा संकट पर्छ तब तब मुलुकले राष्ट्रिय एकताको प्रतीक वा आस्थाको केन्द्र खोज्छ। आज मुलुकमा राष्ट्रिय एकताको प्रतीक र आस्थाको केन्द्र समाप्त भएको अवस्था छ। लोकतान्त्रिक गणतन्त्रमा यो काम राजनीतिक दल र नेताहरूले गर्न सक्नुपथ्र्याे तर नेताहरू भ्रष्टाचारका नाइके र भ्रष्टाचारीका मतियार बनेको वर्तमान अवस्थामा मुलुकप्रतिको यो दायित्व पूरा गर्नबाट उनीहरू असफल भइसकेका प्रस्ट भएको छ। त्यसैले अब पूर्वाग्रहभन्दा माथि उठी मुलुक बचाउन र बनाउन के÷कसरी राष्ट्रिय एकताको प्रतीक र आस्थाको केन्द्र सिर्जना गर्न सकिन्छ भनेर सोच्ने बेला भइसकेको छ।

आफ्ना गल्तीको समीक्षा गर्ने, स्वीकार गर्ने र त्यसबाट पाठ सिक्ने जिम्मा अब नेता र नागरिकको काँधमा आएको छ। राजनीतिलाई बेथिति र भ्रष्टाचारको केन्द्रविन्दु बनाउने, गुन्डा, छलकपट र पैसाका भरमा निर्वाचन जित्ने, विदेशमा बस्ने झन्डै ७० लाख नेपाली नागरिकलाई मतदान गर्ने अधिकारबाट वञ्चित गर्ने, सत्ता र शक्तिको दुरुपयोग गरी राजनीतिलाई सम्पत्ति आर्जन गर्ने व्यवसाय बनाउने, विकास निर्माणका सम्पूर्ण योजना भ्रष्टाचारको मुख्य स्रोत बन्ने र बनाउने, शिक्षा र स्वास्थ्यमा कहालीलाग्दो व्यापार गर्ने र गराउनेएवं मुलुकका सम्पूर्ण संस्थालाई दलीयकरण गर्ने गल्ती नेताहरूबाट भएको छ।

अझै केही नेताहरूबाट ‘होली वाइन’को नसामा मुलुकको सिंगो सभ्यता, संस्कृति र शाश्वत आदर्शलाई निमिट्यान्न पार्ने र मुलुकलाई आर्थिक प्रलोभनका नाममा इसाईकरण गर्ने काम भएको छ। जुन क्षम्य छैन। त्यतिमात्रै होइन, सत्तामा बस्न राष्ट्रियताका गम्भीर सवालमा पनि सजिलै खेलवाड गर्ने प्रवृत्ति आज मुलुकका लागि डरलाग्दो खतराका रूपमा सिर्जना भएको छ। अब यी गल्तीको समीक्षा गर्ने, गल्ती स्वीकार गर्ने र गल्तीसच्चाइ राजनीतिलाई शुद्धीकरण गर्ने क्षमता नेताहरूसँग छ कि छैन भनी परीक्षण गर्नुपर्ने चुनौती सिर्जना भएको छ। आफूसँग यो क्षमता भएको नेताहरूले छिटोभन्दा छिटो प्रमाणित गर्न सकेनन् भने मुलुकको राजनीतिक मार्गबाट उनीहरू धरै पछि पर्ने दिन छिट्टै आउन सक्छ।

वास्तवमै दुनियाँकै इतिहास हेर्ने हो भने राजा÷महाराजाहरूले गल्ती समीक्षा गर्ने र त्यसबाट पाठ सिक्ने कार्य गर्दैनन्। तर राजसंस्थाबाट भएको त्यो गल्तीको समीक्षा हुनु, स्वीकार गर्नु र त्यसबाट पाठ सिक्नु प्रशंसनीय छ।

हामी नागरिकबाट पनि गल्ती भएका छन्। हामी सदियांैंदेखि एकता, सद्भाव र सहिष्णुतामा रमाएका थियौंँतर तथाकथितरूपमा मुलुकलाई दलीयकरण गर्ने प्रवृत्ति र माओवादी जनयुद्धले सिर्जना गरेको जातीय र साम्प्रदायिक भावना र हिंसाको दलदलमा हामी जानी÷नजानी फस्न पुग्यौँ। हामी आफ्नो स्वाभिमानलाई समेत बिर्सेर आफ्ना मतसमेत बेच्न तयार भयौँ। मत र उमेदवारी किनबेच हुने निर्वाचनले लोकतन्त्रलाई लुटतन्त्रमा परिणत गर्छ। आज त्यस्तै भएको छ।हामी आफ्ना सभ्यता, संस्कृति र शाश्वत आदर्शमाथि प्रहार हुँदा पनि मुकदर्शक बन्यौँ। राजनीति भ्रष्टाचारको अर्को रूप बनिसक्दा पनि हामी चूपै बसिरहेका छौँ। सत्ता र शक्तिको यति चरम दुरुपयोग हुँदा पनि हामी दलीय आस्थाबाट माथि उठ्न सकिरहेका छैनौँ। हामी नेपाली नागरिक भएर बाँच्नुपर्छ भन्ने शाश्वत मान्यतासमेत बिर्सन लागेको हो कि जस्तो देखिन थालेको छ।

अब हामी नागरिकले आफ्नागल्ती नसुधार्ने हो भने यो मुलुकलाई भ्रष्टाचार, बेथिति, लुटतन्त्र र बिखण्डनले समाप्त पार्नेछ। जुन दिन हाम्रो आँखा खुल्नेछ त्यो दिन हामी केही गर्न नसक्ने अवस्थामा पुग्न सक्छौँ। आफ्नो मातृभूमिलाई माया गर्न नसक्ने पराजित नागरिक बन्ने दिन पनि टुलुटुलु हेरेर बस्ने क्षणपनि निम्त्याइरहेका हुनेछौँ। अब आफ्नो गल्ती नबुझ्ने र राजनीतिक शुद्धीकरणका लागि नउठ्ने हो भने हामीले आफैंँ र भावी सन्ततिमाथि ठूलो अन्याय गर्नेछौँ। अब राज्य कब्जा हुन नदिन र लोकतन्त्रको संंस्थागत विकास गर्न भ्रष्टचारीलाई पराजित गर्नुको विकल्प छैन। तसर्थ अब हामी नागरिक मुलुकको हितका लागि एकपटक पुनः जुरुक्क उठ्नुको विकल्प छैन।

आज नागरिकले भन्न थालिसकेका छन् कि प्रधानमन्त्री निवासस्थलको जग्गा किनबेच गर्न सक्नेले सिंहदरवार र मुलुक नै बेच्न सक्छन्। तसर्थ राजनीतिका नाममा भ्रष्टाचार गर्ने छूट अब दिन सकिंँदैन। राज्यका सम्पूर्ण निकाय र संस्थामा आफ्ना कार्यकर्ता भर्ती गरी मुलुक कब्जा गर्ने रणनीतिले मुलुकलाई तहसनहस गरिरहेको दुर्दशा अब नागरिकले टुलुटुलु हेरेर बस्ने अवस्था हुँदैन। नागरिकले बुझिसकेका अवस्था छ। त्यसैले निराशाको सिकार बन्नुको सट्टा आफ्नो शक्ति चिनी नागरिक बेथिति, लुटतन्त्र र भ्रष्टाचारविरुद्धएकजुट हुनुपर्छ।

नागरिकले मात्रै मुलुकलाई माया गर्छन्। भ्रष्टाचार अन्त्य गरेर सुशासन स्थापना गराउनु नागरिकको अधिकार र दायित्व हो। नागरिकनै अबका विकल्प हुन्।नागरिकबाहेक अन्य कोही पनि विकल्प हुन सक्दैनन्। अब दलीय आस्था, सांगठनिक बन्धन र निजी स्वार्थभन्दा माथि उठी नागरिकको हैसियत र क्षमतामा मुलुक बनाउनुपर्ने जिम्मेवारी प्रत्येक नेपाली नागरिकले बोध गरी मुलुकका लागि एक ठाउँमा उभिन सक्नुपर्छ। यही नै हामी सबैका लागि नयाँ वर्षले खोजेको र दिएको सन्देश हो। वरिष्ठ अधिवक्ता

प्रकाशित: ५ वैशाख २०७६ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App