१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

भक्तपुर– सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा गए राति १२ः४५ बजे बस र टिपर एकआपसमा ठक्कर खाएर भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा३ख १७८४ नम्बरको बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा४ख ४८१५ नंम्बरको टिपर एकापसमा ठक्कर खाएकाे थियाे। दुर्घटनामा सिन्धुपाल्चोक चौतारा साँगाचोक नपा–३ बतासे बस्ने ३४ वर्षीय बस मालिक रमेश भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

दुर्घटनामा घाइते बसका मालिक भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा आज बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोक–३ बतासेका २४ वर्षीय सन्तोष थापा र टिपर चालक सिन्धुपाल्चोक चौताराका २८ वर्षीय देवकुमार श्रेष्ठ घाइते भई मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ। रासस

प्रकाशित: ५ वैशाख २०७६ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App