१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

युनाइटेड सिमेन्टसलाई आइएसओ

काठमाडौं – केएल दुगड ग्रुप अन्तर्गतको संस्था युनाइटेड सिमेन्ट्स प्रालिले आइसिएसबाट आइएसओ ९००१ः२०१५ आइएसओ १४००१ः२०१५  को प्रमाणपत्र पाएको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय क्लिंकर तथा सिमेन्ट उत्पादन गर्ने प्रक्रिया पूर्ण रुपले उत्कृष्ट भएको र सो उत्पादन प्रक्रिया वातावरणमैत्री भएको र वातावरणको व्यवस्थापन प्रक्रिया उत्तम रहेको अर्थमा सो प्रमाणपत्रहरु उद्योगलाई प्रदान गरिएको छ।

गुणस्तरको क्लिंकर तथा सिमेन्ट उत्पादन गर्दै आइरहेको युनाइटेड सिमेन्ट्सको आफ्नै चुनढुंगा खानी ललितपुरको लेलेमा अवस्थित छ। फ्याक्ट्री नौबिसेमा रहेको छ। युनाइटेड सिमेन्ट्सले विश्वस्तरीय प्रविधि र प्रक्रिया अपनाई सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएकोमा विश्वस्तरीय मापदण्ड पनि पूरा गरी गुणस्तरीय प्रक्रियामा उत्तम तालमेल रहेको उद्योगले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०७६ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App