२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

‘राजनीतिक नेतृत्व नियन्त्रणविनाको साँढेजस्तो भयो, कसले नियन्त्रण गर्ने?’ (भिडियाे)

काठमाडौं– राजनीतिशास्त्री हरि शर्माले राजनीतिक दलहरुबाटै लोकतन्त्रमाथि खतरा बढेको टिप्पणी गरेका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै शर्माले नेपालको राजनीतिक नेतृत्व नियन्त्रणविनाको साँढेजस्तो भएको र यसलाई नियन्त्रण गर्न सामाजिक आन्दोलनको आवश्यकता औंल्याए। ‘राजनीतिक दलहरु पुरानै ढर्रामा छन्। सामाजिक आन्दोलन कमजोर बन्यो। नागरिक समाज कतिखेर झर्ला र खाउला भन्ने छ। यस्तो बेला दलहरु नियन्त्रण विनाको साँढेजस्तो भए, कसले नियन्त्रण गर्ने? उनले प्रश्न गरे।

राजनीतिक दलमा रहेको हामीविना केही चल्दैन, विकल्प छैन भन्ने भावनालाई ब्रेक गर्नुपर्ने र यसको लागि नयाँ पुस्ताले सामाजिक आन्दोलन गर्नुपर्नेमा उनको जोड छ। दललाई उत्तरदायी बनाउन जवाफदेहिताको खोजी गर्नुपर्ने उनले बताए। समतामुलक समाजका लागि राजनीतिक शिक्षाको आवश्यकता रहेको शर्माको भनाई छ। 

राजनीतिक नेतृत्वमा नयाँ पुस्ता नआउँदा नेपाली समाज थाकेको जस्तो देखिएको उनले टिप्पणी गरे। ‘७० वर्षको संघर्ष परिवर्तनका लागि थियो। अब वितरण प्रणालीको विकास हुनपर्ने हो। तर दलहरु पुरानै ढर्रामा छन्’, उनले भने, ‘पुरानै नेतृत्वका कारण नेपाली समाज थाकेको छ। थाकेर पलायनवादी त भएको होइन, नैराश्यको खतरा देखियो।’ 

राजनीतिक नेतृत्व वितरण प्रणालीमा आउनुपर्ने, इमान्दार हुनुपर्ने, प्रतिबद्धता पुरा भए नभएको जानकारी गराउने हुनुपर्ने भन्दै शर्माले सम्वादबिनाको लोकतन्त्रको अर्थ नहुने बताए। ‘राजनीतिक नेतृत्व सुध्रिदैन भने जनताको जिम्मेवारी हो। ५ वर्षमा भोट हालेर मात्र उम्किन पाइँदैन’, उनले भने। 

प्रकाशित: ४ वैशाख २०७६ १५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App