१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एनआरएन अमेरिकाको चुनाव मे १८ र १९ मा हुने

अमेरिका । गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचन आगामी मे को १८ र १९ मा हुने भएको छ।

अनलाइन भोटिङको माध्यमबाट हुने मतदानका लागि गतहप्ता निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छ। अघिल्लो वर्ष १५ हजार नाघेको सदस्य सख्या यस वर्ष १० हजारमा खुम्चिएको छ। 

निर्वाचन आयोगका संयोजक विश्व बरालका अनुसार अप्रिल १४ मा सुरु  मनोनयन प्रक्रिया १८ तारिखसम्म चल्नेछ। अमेरिकामा एनसीसीको लागि २४ जना र ७ जना आईसीसी सदस्यसहित २० वटा स्टेट च्याप्टरका लागि निर्वाचन हुँदै छ।

एनसीसीका लागि अध्यक्षसहित १२ जना पधाधिकारी र १२ जना बोर्ड डाइरेक्टरसहित ७ जना आईसीसी सदस्यका लागि मतदान हुने छ। त्यसैगरी २० वटा स्टेट च्याप्टरमा अध्यक्षसहित कार्यसमितिको छनोटका लागि सम्बन्धित स्थानीय च्याप्टरमा आबद्ध व्यक्तिहरुले आआफ्नो उममेदवारलाई मतदान गर्न पाउनेछन्।

उम्मेदवारको नामावली अप्रिल २७ तारिखमा प्रकाशित हुनेछ भने  दाबीविरोध, उम्मेवारी फिर्ता ३ तारिख सकिने छ। र उम्मेदवारको अन्तिम नामावली मे ७ मा प्रकाशित हुने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ। 

प्रकाशित: ४ वैशाख २०७६ १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App