१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पार्टी भित्रका जो पनि सभापतिमा लड्न सक्छन्ः देउवा

टीकापुर - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जोसुकैलाई पनि पार्टीको सभापतिमा चुनाव लड्न छुट भएको बताएका छन्।  प्रेस युनियन लम्की टीकापुरले बुधबार लम्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले पार्टी अधिवेशनको मुखमा आफ्नाविरुद्ध गलत प्रचारबाजी भइरहेको बताए। 

‘वर्तमान पार्टी सभापतिलाई अधिवेशनको मुखमा नराम्रो भन्ने नै भए’ उनले भने–‘मलाई नराम्रो भन्ने मात्रै हैन पार्टीे सभापति लड्न पनि छुट छ।’ उनले आगामी पार्टी अधिवेशनले आन्तरिक गुटबन्दीको अन्त्य गर्ने बताए। उनले भातृ संगठन अस्तव्यस्त बनेको प्रति सञ्चारकर्मीले सोधेको प्रश्नमा त्यस्तो अवस्था नभएको र चाँडै सुधार हुने जिकिर गरे। 

प्रतिपक्षको भूमिका आगो लगाउने, रेलिङ भाँच्ने मात्रै नभएकाले आफ्नो पार्टीले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको देउवाको भनाई थियो। उनले वर्तमान सरकारलाई काँग्रेसले चुनावबाटै प्रतिस्थापन गर्ने दावी गरे। 
टीकापुरमा आपसी मेलमिलापको अवस्था विकास भएको प्रति खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिन सबैको सहयोगको खाँचो रहेको औल्याए।

प्रकाशित: ४ वैशाख २०७६ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App