१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अनाथलयलाई खाद्यान्न सहयोग

रौतहट – गरुडामा रहेको वंशीराम जयसवाल अनाथालयका बालबालिकालाई कोरियाका नेपालीले खाद्यान्न सहयोग गरेका छन्। दक्षिण कोरियामा स्थापना गरिएको मधेसी समाजले करिब तीस हजार मूल्यबराबरको खाद्यान्न सहयोग गरेको हो।

समाजका प्रतिनिधि जनार्दनप्रसाद चौरसियाले अनाथालयका कार्यवाहक अध्यक्ष भूवनेश्वर राम जयसवाललाई चार क्विन्टल चामल, पाँच किलो दाल, एक बोरा आलु, एक बोरा प्याज, एक कार्टुन बिस्कुट, एक ग्यालेन खानेतेल तथा एक हजार नगद रुपैयाँ हस्तान्तरण गरे।

३४ जना आश्रित अनाथालयमा खाद्यान्नको अभाव भएपछि समाजका वरिष्ठ उपाध्यक्ष कृष्णकुमार सिंहको पहलमा रकम संकलन गरी खाद्यान्न सहयोग गरिएको हो। समाजका प्रतिनिधि चौरसियाले अनाथ बालबालिकालाई खाद्यान्न सहयोग गर्न पाएकोमा खुसी लागेको बताउँदै आउँदा दिनमा झन् बढी सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 

प्रकाशित: ४ वैशाख २०७६ ०३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App