१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सानिमा–म्याक्स सम्झौता

काठमाडौं – सानिमा बैंक र म्याक्स हेल्थकेयर इन्स्टिच्युट लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ। यस सम्झौतापत्रमा सानिमाको तर्फबाट प्रमुख डिजिटल बैंकिङ, बिक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयर इन्स्टिच्युट लिमिटेडका तर्फबाट सेल्स तथा मार्केटिङका उप–प्रबन्धक, सुरज जोसेफले हस्ताक्षर गरेका हुन्। 

म्याक्स भारतको दिल्लीस्थित स्वास्थ्य उपचारसम्बन्धी सेवा दिने चेन संस्था हो। हाल यस संस्थाका १४ वटा साझेदार अस्पताल छन्। उक्त सम्झौताअन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थका साझेदार उत्तर भारतका विभिन्न अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ। साथै सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चमा पाँच प्रतिशतसम्म छुट पाउन सकिने छ। 

 

प्रकाशित: ४ वैशाख २०७६ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App