१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारतीय बाँधका कारण हजार हेक्टर नेपाली भूमी डुबानमा

भारतले बझाहामा निर्माण गरेकाे बाँध ।

कपिलवस्तु–भारतले पानी जम्मा गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको ४ बाँधको फाटक बन्द गर्दा नेपालको ९ सय ४० हेक्टरमा लगाइएको धान बाली डुवानमा परेको छ। गत असोजमा आएको वर्षापछि भारतीय पक्षले निर्माण गरेको बझाहा, महलीसागर, सिसवा र मझौलीमा रहेको बाधको फाटक नखोलेपछि दक्षिणी एक दर्जन गाविसको काटने अवस्था रहेको धानबाली लगाइएको भूभाग डुवानमा परेको हो। कृषि कार्यालय अनुसार चार बाँधका कारण ५ गाविसका १५ गाउमा लगाइएको ९ सय ४० हेक्टर बढी काटने अवस्थामा रहेको धानमा क्षति पुगेको छ।

सबै भन्दा बढी बझाहा बाधका कारण ६ सय बढी हेक्टर धान खेत डुबानमा परेको हो। पिपराको तुल्सीडहवामा सय, गौरामा २ सय, बलहुवा गाविसको सिसहनियामा ३५, बिजुवा गाबिसको १ देखि ६ वडाका २ सय ७५ हेक्टर धानबाली पानीमा चुर्लुम्म डुबेको छ। यस्तै तितिर्खी गाबिसको रजवापुरमा ६०, पकडीमा १ सय ५०, दरखसवामा ३०, रंगपुरको पुन्नीहवामा ६० र रतपुरमा ३० हेक्टर क्षेत्र डुबानमा परेको पीडित कृषक बताउँछन्।  अहिले खेतमा ५ फिट बढी पानी जमेको। डुवनकै कारण २०–२५ वर्ष यता कृषकले राम्ररी खेतीपाती स्याहार्न पाएका छैनन्।

भारतले पानी जम्मा गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको ४ बाँधको फाटक बन्द गर्दा नेपालको ९ सय ४० हेक्टरमा लगाइएको धान बाली डुवानमा परेको छ।

असोजको वर्षापछि बाधको ढोका नखोलिादा ढेड दर्जन गाँउमा लगाइएको हजार बढी हेक्टर धानबाली पानीले डुेको पिपरा गाविसको तुलसीहिडवाका जगदी यादवले बताए। ‘पानीमा डुबेकोले काटने अवस्थामा रहेको धान ढलेको छ,’ उनले दुखी हुँदै भने,  ‘खेतको आली डुबेको छ, धानका बाला डुबेर उम्रेको छ।’ केही दिनमौ पानीलाई निकास नदिए नेपालतर्फका हजारौं कृषकले ठूलो क्षति ब्याहोर्नु  पर्ने उनले बताए।

सरसापट, बैंकबाट ऋण लिएर धान खेती गरका कृषक धानको दुर्दसा देखेर निकै चिन्तित छन्। फाटक खोल्नका लागि आफूहरुले गेट खोल्ने गई कर्मचारीलाई रकम र अन्नपात दिनु पर्ने बाध्यता रहेको यादवले सुनाए। ‘२ हजार भारतीय रुपैयाँ, ५०/५० किलो धान र गँहु दिनुपर्छ,’ कृषकहरुको मर्का सुनाउँदै उनले भने, ‘ हरेक बर्ष दिने रकम र अन्नपात दिन तयार हुँदापनि गईले माथिको आदेश भन्दै फाटक खोल्न मानेन।’

करिब ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको बझाहा तालमा पानी जम्मा गरेर भारतले सिंचाई गर्ने गरेको छ। तालमा २८ वटा फलामका ढोका राखेर बाँध बनाइएको छ।

धान पुरै सखाप हुने अवस्थामा पुगेपनि समस्या समाधानकालागि कसैले पहल नगरेको कृषकहरुले बताएका छन्। बलुहबाका कृषक राजकिशोर पाण्डेयलले भने, ‘अब कसरी परिवारको गुजारा चलाउने।’  सीमा क्षेत्रको भारतीय भू–भागमा पर्ने बजहा बजारमा रहेको बजहा तालको बाधको ढोका बन्द गरिँदा क्षेत्रमा रहेको ४७ नम्बरको सीमा स्तम्भ समेत पानीमा डुबेको छ।

करिब ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको बझाहा तालमा पानी जम्मा गरेर भारतले सिंचाई गर्ने गरेको छ। तालमा २८ वटा फलामका ढोका राखेर बाँध बनाइएको छ। बझाहा क्षेत्रमा भारतले १० किलो मिटर क्षेत्र वरिपरि बाँध बनाएको छ। २८ वटा बन्द गरिँदा  जमेको पानी निकास हुन पाएको छैन। सीमा क्षेत्रको उक्त ठाँउ बाँधका कारण बर्षेनी डुबानमा पर्दै आएको छ। सीमा क्षेत्रको बजहा तालले बर्षेनी नेपाली कृषकलाई पीडा दिँदै आएकाले यसको दीर्घकालीन समाधान खोज्नु पर्ने कृषकहरुको माग छ। बाँध पीडितले बर्षा र गर्मी तालमा कति पानी राख्ने भनेर प्राबिधिकसँग सल्लाह गरी स्थानीय प्रशासनलाई दिनु पर्ने उनीहरुको भनाइ छ।

कपिलवस्तुको सीमा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको बाँधहरुका कारण कृषकहरु बर्षेनी डुबानको समस्या झेल्दै आएका छन्। ती बाँधको ढोका भारतले आफूखुसी खोल्ने र बन्द गर्ने भएकाले भारतीय पक्षले निकै लाभ लिए पनि नेपाली कृषकहरुले भने निकै क्षति ब्योहोनू परेको कृषकहरु बताउँतछन । उता स्थानीय प्रशासनले दुुई देशको अधिकारीबीच हुने समन्वयात्मक बैठकमा हरेक पल्ट ती  बाँधले पार्ने समस्याका कुरा उठाए पनि समाधान हुन सकेको छैन्।

यसैबीच डुबान पीडित ५० बढी कृषकले जमेको पानीको निकाशकालागि बाधको फाटक खोल्न पहल गर्न भन्दै प्रशासन  कार्यालयमा ज्ञापन पत्र दिएका छन्। काट्ने अवस्थामा रहेको धान बालीमा पानी जम्मा धान बाली सडन लागेकोले समस्या समाधानकालागि पहल गर्न उनीहरुले माग गरेका हुन्। प्रजिअ इन्दु घिमिरेले कृषकको समस्याका बिषयमा गृह मन्त्रालयमा जानकारी गराइएको बताइन। बाधको फाटक खोल्नकालागि भारतको सिद्धार्थनगरका डिएमसँग समन्वय गर्ने बताइन् ।

 

प्रकाशित: ३ कार्तिक २०७३ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App