१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

'मन्त्रीको ढिलाइले जहाज छुटको हो'

काठमाडौं – सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ढिलाइ गरेका कारण भैरहवा–काठमाडौं उडानको क्रममा रहेको जहाज छुटाएको बुद्ध एअरले प्रस्ट पारेको छ। 

सोमबार भैरहवाबाट काठमाडौं यात्राको क्रममा मन्त्री बास्कोटाको जहाज छुटेको थियो। जहाज छुटाएपछि मन्त्री बास्कोटाले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी बुद्धले आफूलाई छाडेको दाबी गरेका थिए। तर, बुद्धले भने प्रेस विज्ञप्ति जारी गरेर जहाज छुट्नुमा मन्त्रीकै दोष रहेको जनाएको छ। 

‘सुरुमा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँका सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू सो उडानबाट काठमाडौं नआउने जानकारी दिइएको थियो,’ बुद्धले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछि जहाज उड्ने बेला २०–२५ मिनेटको दूरीमा उहाँ (मन्त्री) रहेको जानकारी गराइयो। त्यतिन्जेल पर्खन मौसमका कारणले सम्भव भएन।’ मन्त्रीलाई पर्खेर जहाज रोकेको भए ६८ यात्रुलाई असुविधा पुग्ने र आर्थिक भार थपिने बुद्धले जनाएको छ। उक्त जहाज सोमबार राति आठ बजे भैरहवाबाट काठमाडौंका लागि उडेको थियो। 

 

प्रकाशित: ४ वैशाख २०७६ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App