१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा तालिवानी अभिव्यक्तिकाे निन्दा

तस्बिर: एजेन्सी

काठमाडाैं– संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले तालिवानले हालैमात्र आक्रमणका घटनाहरुलाई बढाई देशभित्र आक्रामक कारबाही गर्ने भनी दिएको अभिव्यक्तिको निन्दा गरेको छ।

तालिवानका तर्फबाट आएको भनिएको यस्तो कारबाहीप्रति सुरक्षा परिषदले दुःख पनि व्यक्त गरेको छ। तालिबानको यस्तो कारबाहीबाट कसैलाई फाइदा नपुग्ने र यसले देशमा थप हिंसा बढाउने, नागरिकमा समस्या थप्ने र देशमा थप विनाश निम्तिने धारणा पनि राखेको समाचारमा जनाइएको छ।

यस्तो कार्यको परिणाम कहिल्यै पनि सकारात्मक नहुने भन्दै यसबाट नागरिक र देशलाई कदापि फाइदा नपुग्ने बताएको छ। उक्त परिषदले अफगान नागरिकले विगत लामो समयदेखि यहाँ दिगो शान्ति र स्थिरताको चाहना राखेका भन्दै तर तालिवानको यस्तो निर्णयले ती नागरिकको चाहनामा घात गरेको धारणा राखेको छ। साथै उनीहरुलाई यस्तो निर्णय फिर्ता लिई शान्तिपूर्ण तरिकाबाट समस्याको समाधान खोज्न र वार्ताका लागि पहल थाल्न आग्रह पनि गरेको छ।

उक्त परिषदको बैठकपछि जारी गरिएको प्रेस वक्तव्यमा अफगान नागरिकको चाहनाको सम्मान गर्दै अफगान सरकार र त्यहाँका जनताले नै नेतृत्व गरेको शान्तिवार्ताका लागि पहल गर्न पनि आग्रह गरिएको छ। अफगानिस्तानमा खटिई काम गरिरहेको शान्ति मिसन र अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले अफगानिस्तानमा शान्ति वार्ताका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि सो विज्ञप्तिमा जनाइएको छ।

यदि अफगान सरकार र त्यहाँका तालिवानहरुले सहयोगको अपेक्षा गरेमा जस्तो सुकै सहयोग उपलब्ध गराउन पनि आफूहरु तयार रहेको कुरा उनीहरुले प्रतिबद्धता व्यक्त गरेको समाचारमा जनाइएको छ। अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेका तालिवानहरुले गएको शुक्रबारबाट सरकारका विरुद्धको आक्रामक कारबाही भनी घोषित रुपमा नै आक्रमणहरु गरिरहेका छन्।

उनीहरुले अफगानिस्तानका सरकारी कार्यालय, सुरक्षाकर्मीहरु र अरु सर्वसाधारणहरुलाई पनि आक्रमणको निसाना बनाएकाे बताइएको छ। केही समयअघि अमेरिकी अगुवाईमा अफगानिस्तानका तालिवानहरुसँग शान्ति वार्ता गर्ने भनी प्रक्रिया अघि बढाइएको भनिएको भए पनि सो वार्ता सफल हुन सकेन। त्यसपछि तालिवानहरुले यस्तो कारबाही थालको हुन्।

प्रकाशित: ३ वैशाख २०७६ १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App