१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोकी राखेको ट्रकमा कार ठोक्किँदा छ घाइते

चितवन - भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना ५ ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको बा १९ च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन्।

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ भने अन्य चारको अवस्था सामान्य छ। ट्रक र कार दुवै प्रहरी नियन्त्रणमा रहेको छ। दुर्घटना राति ११ः४५ बजे भएको हो।

यसैबीच पूर्वी चितवनमा गुडिरहको गाडीमा आफैँ आगलागी भएको छ। सोमबार साँझ ८।३० बजे पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० सिँचाइ गेट नजिकै भरतपुरबाट मर्मत गरी टाँडीतर्फ जाँदै गरेको ना ५ ख ३८६८ नम्बरको बस गुडिरहेको अवस्थामा आफैं आगलागी भएको प्रहरी जनाएको छ। बसका चालक र सहचालक मात्रै भएकाले मानवीय क्षति नभएको तर बस भने पूर्णरूपमा जलेर नष्ट भएको छ। रासस

प्रकाशित: ३ वैशाख २०७६ ०३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App