१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाटोमा फालिएको विषादी सेवनबाट बालककाे मृत्यु

काठमाडौं – साथीहरुसँग खेलिरहेका बेला अन्जानमा विषादी सेवन गर्दा सर्लाहीको कविलासी नगरपालिका–३ मदनपुरमा एक बालकको ज्यान गएको छ ।

बाटोमा फालिएको विषादी सेवनबाट स्थानीय रामलाल साह तेलीका ३ वर्षीय छोरा अरबिन्द्र साहको ज्यान गएको प्रहरीले जनाएको छ।

विषादी सेवनबाट सिकिस्त भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलङ्गवातर्फ लाँदै गर्दा बाटैमा ज्यान गएको हो । घटनाको थप अनुसन्धान भैरहेको डिएसपी राठौरले बताए ।

प्रकाशित: ३ वैशाख २०७६ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App