१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जनावरको लागि थापिएको विद्युतिय पासोमा परेर एकको मृत्यु

सर्लाही - जङ्गली जनावरबाट बालीनाली जोगाउन थापिएको विद्युतिय पासोमा परेर सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने धनकौल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।

धनकौल गाउँपालिका–७, गैरिया टोलका जगदिस रायको खेतमा थापिएको पासोमा स्थानीय ३० वर्षीय लालबाबु सहनीको मृत्यु भएको हो। घटनाको सम्वन्धमा थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी प्रतित सिंह राठौरले जानकारी दिए।

निलगाई, बँदेलजस्ता जङ्गली जनावरले दुःख दिन थालेपछि जिल्लाका किसानले पछिल्लो समय खेतबारीमा विद्युतिय पासो थाप्न थालेका छन् । केही समयअघि जिल्लाको नवलपुरमा पनि विद्युतिय पासोमा परेर एक जनाको ज्यान गएको थियो।

प्रकाशित: ३ वैशाख २०७६ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App