२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

यंतापौ चपाछेँ शिलान्यास

काठमाडौं महानगरपालिका–३१ वडा शंखमुलस्थित यंतापौमा निर्माण गरिन लागेको यंतापौ चपाछेँ (भवन)को शिलान्यास भएको छ । पूर्व उपप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिहंले आइतवार एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन् ।

सांसद् सिंहकै क्षेत्र विकास कोषबाट चपाछेँ निर्माणको लागि ४५ लाख २० हजार बजेट स्वीकृत भएको छ । शिलान्यास कार्यक्रममा परराष्ट्रमन्त्री  प्रदीप ज्ञवालीको उपस्थिति पनि रहेको थियो । उनी शंखमूल यंतापौका स्थानीय निवासी पनि हुन् ।


चपाःछेँ यंतापौ गुथि संस्थाबाट निर्माण गरिन लागेको हो । संस्थाका अध्यक्ष किसलाल महर्जनको सभापतित्वमा भएको कार्यक्रममा सांसद् सिंहले तीन तल्ले भवनको शिलान्यास गर्नुभएको थियो । अध्यक्ष महर्जनको पूर्खाले नै तीन सय वर्षअगाडि ने.सं. ८५७ मा नै यंतापौ फल्चा (पाटी) बनाएको हो । हाल महर्जन परिवारले नं यस ठाउँको संरक्षण गर्दै आइरहेको छ ।

पहिला शंखमूल फाँटमा खेती गर्ने किसानको लागि आराम गर्नका साथै खेती गर्दा कोही बिरामी भएको अवस्थामा बास बस्न मिल्ने गरी पाटन गःछेँका महर्जनका पूर्खाले यो पाटी बनाएको स्थानीय बताउँछन् ।

प्रकाशित: २ वैशाख २०७६ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App