१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रविको तखल्लुस, आवाजको तरन्ननुम

काठमाडौं  –
‘हुने खाने त्यतातिर, हुँदा खाने यता तिर।
उतैतिर चल्छ सुवास, चल्छ हावा जता तिर।
ढुङ्गेयुगमै फक्र्यो मान्छे, फेरि दन्त्यकथातिर।
जता हेरूँ अँध्यारै छ, खोजूँ ‘रवि’ कता तिर ?’

‘वाह ! रवि दाइ वाह !’ नयाँ वर्ष २०७६ को पूर्वसन्ध्यामा राष्ट्रिय नाचघरमा आयोजित ‘गजल सन्ध्या’मा अग्रज गजलगो रवि प्राञ्जलले जतिवटा गजल सुनाए, त्यति नै पटक वाहवाही पाए। सांस्कृतिक संस्थान, अनाम मण्डली र रचना वाचनको सहकार्यमा आयोजित सो कार्यक्रममा प्राञ्जलले एकपछि अर्को गर्दै आठवटा उम्दा गजल सुनाएका थिए।

उनले सुनाएका सबै गजलमा ‘रवि’ तखल्लुस जोडिएका थिए। गजलका शेरहरूमा सर्जकको नाम जोड्नुलाई फारसी भाषामा तखल्लुस भन्ने गरिन्छ। सजिलो र विशेष अर्थ दिने शब्द भएकाले आफ्ना शेरहरूमा

प्रायः तखल्लुस आउने गरेको गजलगो रविले बताए।
‘जिउने बहाना हजार छन्, मर्ने बहाना हजार छन्।
यो जिन्दगी बस् नदी न हो, तर्ने बहाना हजार छन्।
माया, समर्पण र तिर्सना या मृत्युको मात्रै तिर्सना,
पुतली दियोको शिखानजिक पर्ने बहाना हजार छन्।’

‘गजल सन्ध्या’मा रविसँगै चर्चित युवा गजलगो आवाज शर्मा (बाला अधिकारी)ले पनि एक से एक उम्दा गजल सुनाएका थिए। उनले आयोजकको नियमअनुसार आठवटा र दर्शकको फर्माइस्मा दुई वटा गरी १० वटा गजल सुनाएका थिए। बहर (छन्द)मा  गजल लेख्ने आवाजले चारवटा गजल तरन्नुम (लयमा गाएर गजल सुनाउने शैली)मा सुनाएका थिए। उनले गजल गाएर सुनाउँदै गर्दा हलमा उपस्थित दर्शकहरूमा दंग नपर्ने र  ‘वाह ! वाह !’ नगर्ने कोही थिएनन्।

अनाम मण्डलीका अध्यक्ष रूपक अलंकारका अनुसार मण्डलीले नेपाली गजलको संस्थागत विकासका लागि प्रत्येक महिना पुराना र समकालीन पुस्ताका गजलगोलाई यसरी एउटै मञ्चमा जुटाएर ‘गजल सन्ध्या’ कार्यक्रम गर्दै आएको छ।

प्रकाशित: २ वैशाख २०७६ ०५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App