१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाढीले पक्की पुल बगाउँदा ५ जना घाइते

गुल्मी - बडिगाढ खोलाको पक्की पुल भत्किदा पाँच जना घाइते भएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ र वडा नं ७ जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको हो । पुल भत्किएपछि च्यापिएर निर्माण व्यावसायी क्रृषिराम इटानी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतलले बताए ।

त्यस्तै मुसिकोट नगरपालिका ३ का २३ बर्षका राम बहादुर कुमाल, ३३ बर्षको गणेश कुमाल, वडा नं ४ का ५१ बर्षका रुद्र बहादुर कार्की र बाग्लुङ्गको बडिगाढ गाउँपालिका ७ का जेसिवी चालक तुल बहादुर राना घाइते भएका छन् ।

वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले निर्माण गर्दै गरेको ५५ मिटर लामो पुल बडिगाढ खोलामा आएको बाढीले भत्काएको मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले जानकारी दिए । सो पुल ढलान गरेको दुई दिनपछि पुल भत्किएको हो । सो पुल ०७३ सालमा सम्झौता भएर गत बर्षदेखि निर्माणको काम भइरहेको प्रवक्ता काफ्लेले बताए । सो पुलको लागत ३ करोड बढि रहेको छ ।
 

प्रकाशित: २ वैशाख २०७६ ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App