१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जेठदेखि सिभिल संरचना निर्माण

रसुवा - माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले २०७६ जेठदेखि सिभिल संरचना निर्माण सुरु गर्ने भएको छ। जिल्लाको उत्तरगया गाउँपालिका–१ मा निर्माण हुन लागेको आयोजनाले सडक निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ। निर्माणस्थलसम्म जाने सात किलोमिटर सडकमध्ये साढे पाँच किमि सडक निर्माण भइसकेको छ।

त्रिशूली खोला र मैलुङ खोलाको दोभानदेखि रहरेखर्कसम्म सडक निर्माण भइरहेको आयोजनाले जनाएको छ। २०७६ वैसाख ३० गतेभित्र सडक निर्माण सम्पन्न हुने आयोजनाका इन्जिनियर किशोर गौतमले बताए। ‘हामीले सडक निर्माण हुनुपूर्व नै हेलिकप्टरबाट सामग्री लैजाने योजना बनाएका छौं,’ उनले भने, ‘भ्याएसम्म जेठबाट काम सुरु गर्छौं। नभए सडक खुलेपछि सामग्री पु-याउछौं।’

वर्षाको समयमा सामग्री ढुवानी गर्न समस्या हुने भएकाले वर्षाअघि सामग्री पु¥याइने छ। सिभिल संचरना निर्माणका लागि ठेकेदार छनोटको काम भइसकेको छ। आयोजनाका अनुसार दुई टन एक्प्लोसिप साइडमा पु¥याइएको छ। रुख कटानका लागि स्वीकृति लिइसकिएको छ भने जग्गा सट्टा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।

आयोजनाको एक हजार आठ सय ५५ मिटर मुुख्य सुरुङ निर्माण हुनेछ। एक हजार मिटर पेनस्टक निर्माण हुने आयोजनाले जानकारी दिएको छ। सिभिलतर्फको काम २०७७ असारभित्र सम्पन्न हुने बताइएको छ। १४.३ मेगावट क्षमताको आयोजनाले २०७८ असारमा विद्युत् उत्पादन सुरु गर्ने जनाएको छ।
उत्पादित विद्युत्् नेपाल विद्युत्् प्राधिकरणले निर्माण गरिरहेको थ्रिबी हवमा जोडिनेछ। त्यहाँसम्म आयोजना आफैंले प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ। आयोजनाले थ्रिबी हबसम्म करिब १५ किमि लामो प्रसारण लाइन निर्माण गर्नुपर्ने उनले बताए। निर्माण पूरा भएपछि आयोजनाले वार्षिक रूपमा सात करोड ९६ लाख ७० हजार चार सय ८३ किलोवाट प्रतिघण्टा विद्युत्् उत्पादन गर्नेछ। सानिमा हाइड्रो समूहको मुख्य लगानीमा निर्माण हुन लागेको आयोजनामा २५ प्रतिशत स्वपुँजी लगानी हुने छ।

यो आयोजना निर्माणका लागि करिब दुई अर्ब ५० करोड रुपैयाँ लाग्ने आयोजनाले जनाएको छ। आयोजना निर्माणका लागि २०६८ भदौ २३ गते पिपिए भएको थियो। मोनलिया पावर लिमिटेडले निर्माणको जिम्मा लिएको हो। यो कम्पनीले पछि सानिमा हाइड्रो समूहलाई नामसारी गरेको हो।
२०७२ साउन १ गते निर्माण सम्पन्न गर्ने गरी मोनलियाले प्रक्रिया अघि बढाएको थियो। तोकिएको समयमा निर्माण कार्य सुरु नभएपछि सानिमाले निर्माण गर्न लागेको हो। आयोजना निर्माणका लागि सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा नेपाल एसबिआई बैंकले ऋण लगानी गरेको छ।

प्रकाशित: २ वैशाख २०७६ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App