१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पौडी खेल्ने क्रममा बर्दियामा दुई युवक बेपत्ता

खोजी कार्यका लागि प्रयोग गरिएको गोताखोर।

बर्दिया -  कर्णाली नदीको गेरुवा भंगालोमा पर्ने कोठियाघाट नदीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका छन्। बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ।

६ जना मिलेर देशको लामो पुल कोठियाघाट घुम्न गएका थिए। नदीमा प्रज्वल र दीपेन्द्र बेपत्ता भएका कोहलपुरका राजेन्द्र शाहीले बताए। 

‘६ जनामध्ये पाँच जना पौडी खेल्न नदीमा पस्यौं’, उनले भने, ‘दुई जना नदीमा बेपत्ता भए’। बेपत्ताको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। उनका अनुसार खोजी कार्यका लागी सशस्त्र  प्रहरी र नेपाल प्रहरीका गोताखोर परिचालित गरिएको छ।

 

प्रकाशित: १ वैशाख २०७६ १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App