१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लुक्ला विमान दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत

सोलुखुम्बु -  सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर र समिट एअरको जहाज आपसमा ठोक्किँदा ३ जनाको  ज्यान गएको छ।

चार जनामध्ये दुई जनाकाे सनाखत भएकाे छ। लुक्ला विमानस्थलका अनुसार जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको सनाखत भएकाे हाे।

समिट एअरको हेलिकोप्टरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए। उनक आनुसार घटना आज बिहान साढे ९ बजेतिर भएको हो। त्यस्तै सोही दुर्घटना स्थल नजिक रहेको श्रीएयरको हेलिकोप्टरमा पनि क्षति पुगेको उनले बताए।

दुर्घटनामा विमानस्थलका प्रहरी सहायक निरीक्षक रूद्रबहादुर श्रेष्ट, उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एक एयर हाेस्टेज घाइते छन्। क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

प्रकाशित: १ वैशाख २०७६ ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App