१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कैलाश बैंकको ‘कैलाश सबैको बचत खाता’

काठमाडौं –  कैलाश विकास बैंक लिमिटेडले नयाँ वर्ष २०७६ को अवसरमा कैलाश सबैको बचत खाता भन्ने नारासहित ‘कैलाश सबैको बचत योजना’ ल्याएको छ।

उक्त योजनाअन्तर्गत शून्य मौज्दातमा खाता खोल्न सकिने, खातामा एक सय बैंकको तर्फबाट प्रदान गरिने, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ, निःशुल्क एबिबिएसलगायत सुबिधा रहेको बैंकले जनाएको छ। देशभर ९५ बटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै अएको बैंकको ३४ एटिएम छन्। अन्य दुई शाखा सञ्चालन गर्ने तयारी गरिरहेको बैंकको विज्ञप्तिमा उल्लेख छ। बैंकले अत्याधुनिक प्रविधि प्रयोग गर्दै आधारभूत बैंकिङ सेवाका साथै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताका लागि सि–आस्वा सेवा, रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।
 

प्रकाशित: १ वैशाख २०७६ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App