१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जेट एयरवेज उडान बन्द

काठमाडौं – भारतीय वासेवा कम्पनी जेट एयरवेजले शुक्रबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । भारतकै सबैभन्दा पुरानो निजी वायुसेवा कम्पनी आर्थिक संकटमा परेपछि उडान स्थगित गरेको बुझिएको छ । नेपालमा पनि लगातार दुई वर्षभन्दा बढी पर्यटक भिœयाउन सफल जेट एयरवेजले काठमाडौं–डिल्ली उडान पनि बन्द गरेको हो । भारतको नयाँदिल्ली र मुुम्बईबाट जेटले दैनिक पाँच उडान गर्दै आएको थियो । पछिल्लो समयमा उडान संख्या घटाएको जेटले शुक्रबारदेखि काठमाडौं उडान पनि स्थगित गरेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दियो । विमानस्थल कार्यालय प्रमुख राजकुमार क्षेत्रीका अनुसार जेटले आगामी मे ५ सम्मलाई उडान स्थगन गरेको पत्र पठाएको छ ।

भारतीय मिडियाका अनुसार इन्धन किन्ने, कर्मचारी र लिजिङ कम्पनीलाई दिने तलबका निम्ति पनि बजेट नभएपछि जेट एयरवेजका जहाज ग्राउन्डेड गराएको हो । बिबिसीका अनुसार जेट एयरवेज एक अर्ब डलर ऋणमा छ । कम्पनी आर्थिक व्यवस्थापन गर्न लागि परेको छ । एक सयभन्दा बढी जहाजबाट दैनिक ६ सय आन्तरिक र तीन सय ८० अन्तर्राष्ट्रिय उडान गरिरहेको एयरलाइन्सले अहिले १४ वटा जहाज मात्र उडाइरहेको थियो । सन् १९९२ मा खुलेको कम्पनी सन् १९९३ मा चार बोइङ ७३७ विमानको साथमा पहिलो पटक उडान सुरु गरेको थियो । सन् २०१२ मा आइपुग्दा भारतकै सबैभन्दा ठूलो निजी विमान कम्पनी बनेको जेट सन् २०१८ देखि आर्थिक संकटमा परेको थियो । जेट एयरवेजमा २३ हजार कर्मचारी कार्यरत छन् ।
 

प्रकाशित: १ वैशाख २०७६ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App