१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भेट्टाएको १ लाख रुपैयाँ फिर्ता

भेट्टाएको नगद हस्तान्तरण गर्दै अजय र आर्यन बाबुछोरा (बाँया) र नगद लिँदै नथुनी। तस्बिर : नागरिक

सर्लाही - सर्लाही लालबन्दी नगरपालिका १ नवलपुरस्थित एक किशोरले बाटोमा भेट्टाएको १ लाख रुपैयाँ सम्बन्धित धनीलाई फिर्ता गरेका छन्। 

उक्त रकम नवलपुर निवासी नथुनी साहको रहेको र उनले शनिबार पैसा फिर्ता पाएका हुन्। नवलपुर चोकस्थित ज्ञानज्योति पुस्तक पसलका सञ्चालक अजय श्रेष्ठका छोरा १४ वर्षीय आर्यनले शुक्रबार दिउँसो रकम भेट्टाएका थिए। भेट्ने बित्तिकै आर्यनले बुबा अजयलाई लगेर दिएका थिए। 

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय नवलपुरका सइ सूर्य कार्कीसहित स्थानीय भद्रभलाद्मीको रोहवरमा अजय र आर्यन (बाबुछोरा)ले नथुनीलाई नगद फिर्ता गरेका हुन्। 

उक्त भेटिएको रकम नथुनी साहको भएको पुष्टि भएपछि फिर्ता गरिएको प्रहरीले जनाएको छ। नथुनीले आफूले किनेको जग्गाधनीलाई दिन आफन्तसँग तीन लाख रुपैयाँ सापटी लिएर तिर्न जाने क्रममा एक लाखको बण्डल बाटैमा खसालेका थिए। 

‘एक–एक लाखको ३ वटा बण्डल बोकेर जग्गाधनीको घरमा पुग्दा त एउटा बण्डल बाटैमा खसिसकेछ’, नथुनीले शनिबार नागरिक न्युजसँग भने, ‘जग्गाधनीलाई २ लाख रुपैयाँ मात्र दिएर हतारहतार बाटोमा खोज्दा भेटिएन, धन्न सानो बाबुले भेटेछन् र उनका मनकारी अभिभावक भएकाले आज फिर्ता पाएको छु।’ शुक्रबारदेखि निकै चिन्तित नथुनीको मुहार शनिबार दिउँसो प्रहरी कार्यालयमा पैसा फिर्ता पाएपछि निकै हर्षित देखिन्थ्यो। 

‘जति भए पनि पैसाले कहिल्यै पुग्दैन’, अजयले भने, ‘त्यसैले हराएको मान्छे निश्चित भएपछि फिर्ता गरिदिएको हुँ’, अजयले भने।

प्रकाशित: ३० चैत्र २०७५ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App