१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

२३ कवि एकै मञ्चमा

काठमाडौं- विभिन्न पुस्ताका २३ कवि शुक्रबार एउटै मञ्चमा उभिएँ। स्रस्टा प्रतिष्ठान नेपाल (सप्रने)को आयोजनामा ती कवि आआफ्ना कविता सुनाउँदै थिए। 

कविहरू मञ्जु काँचुली, विष्णुविभु घिमिरे, विप्लव प्रतीक, एस.पी. कोइराला, अशेष मल्ल, विश्वविमोहन श्रेष्ठ, प्रभा भट्टराई, मातृका पोखरेल, विप्लव ढकाल, गीता त्रिपाठी, प्रल्हाद पोखरेल, अभय श्रेष्ठ, बाबु त्रिपाठी, बिना थिङ, असीम सागर, शिरिष, रसिक राज, अनुप जोशी, रिमा के.सी, नविन प्यासी, निशा रुम्बा, परिवर्तन देवकोटा र अश्विन समिपले आ-आफ्ना कविता वाचन गरेका थिए । 

कार्यक्रममा वाचित कविता माथि प्रा.डा व्रतराज आचार्यले हरेक पुस्ताका कवितामा आफ्नो समय झल्केको र अग्रज पुस्ताले पनि आफूलाई समकालीन सन्दर्भमा ढालेको बाए।  त्यस्तै डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयका अध्यक्ष डा.तुलसी भट्टराईले स्रष्टा प्रतिष्ठान नेपालले विभिन्न पुस्तालाई सम्मिश्रण गरेर गर्व गर्न लायक़ नेपाली कविताको क्षेत्रमा ऐतिहासिक कार्यक्रम गरेको बताए ।

२०७० साल बैशाखमा स्थापना भएको स्रष्टा प्रतिष्ठान नेपालले नेपाली कला,साहित्य र भाषाको क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ । ठूलो संख्यामा साहित्यप्रेमीहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन सुस्मिता जिज्ञासुले गरेकी थिइन्  ।

 

प्रकाशित: ३० चैत्र २०७५ ०८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App