१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाजुरामा विशु पर्व मनाइँदै

बाजुरा : २०७५ सालको अन्तिम दिन बाजुरासहित सुदूरपश्चिमेलीको मौलिक संस्कृति ‘विशु’ पर्व धुमधाम साथ मनाइँदै छ। हरेक वर्षको अन्तिम दिन र वर्षको पहिलो गरी दुई दिन यो वर्ष मनाउने गरिन्छ। अन्तिम दिन वर्षलाई बिदाई र सुरुको दिन स्वागत गरेर बिशु पर्व मनाउने गरिन्छ। 

आजको रात आफन्त परिवारजन सँगै बसेर मिठो मसिनो पकाएर खाने, सँगै रमाइलो गर्ने र वर्षभरिको समीक्षा गर्ने गरिन्छ। आजको दिनलाई परिवारिक जमघटको रुपमा पनि लिइन्छ। 

‘मरुला भनेर बिशु खानु, बाँचे भनेर वल्के खानु’ भन्ने भनाइले सुदूरपश्चिममा मनाइने दुई मौलिक पर्वको विशेषता झल्काउँछ। विशु वैशाख संक्रान्तिमा मनाइने पर्व हो, भने ‘वल्के’ भदौ संक्रान्तिमा। 

वैशाख सुरु भएसँगै रोगव्याधि, महामारी र अनिकालको समय सुरु हुने भएकाले परिवारका सदस्यसँगै बसेर याे पर्व मनाउनुपर्छ भन्ने मान्यता रहिआएको जानकारहरु बताउँछन्।

प्राचीन कालमा वैशाखपछिको वर्षायामको समयमा रोगव्याधि, अनिकाल, महामारीको प्रकोप हुन्थ्यो, त्यसमा परिवारको जोकोही सदस्य जीवित नरहन सक्छ भनेर सँगै बसी मनाउन थालिएको पर्व नै बिशु हो। 

बाजुरा, डोटी, अछाम, बझाङ बैतडी, दार्चुलालगायत कर्णाली प्रदेशका जिल्लाहरुमा बाघ खेल तथा देउडा खेल खेलेर मनोरञ्जन गर्ने परम्परा छ।

 

 

 

प्रकाशित: ३० चैत्र २०७५ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App