१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अध्यक्षमाथि दुर्व्यवहार गर्नेलाई उन्मुक्ति दिएको भन्दै विपी राजमार्ग अवरूद्ध

सिन्धुली -  सिन्धुलीको तीनपाटन गाँउपालिका अध्यक्षमाथि दुर्व्यवहार गर्नेलाई  उन्मुक्ति दिएको भन्दै शनिबार विपी राजमार्ग अवरूद्ध गरिएको छ। नेपाली काँग्रेसबाट निर्वाचित उक्त गाँउपालिका अध्यक्ष कर्ण थापामगरमाथि कार्यकक्षमै  दुर्व्यवहार भएको र  दुर्व्यवहार गर्नेलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै नेपाली काँग्रेसले विपी राजमार्गसहित जिल्लाभर विभिन्न स्थानमा यातायात अवरोध गरि बन्द गरेको हो।

विपी राजमार्गस्थित सिन्धुलीमाढीको शान्तिनगर चोकमा काँग्रेसका कार्यकर्ताले टायर बालेर शनिबार विहान साढेसात बजेदेखि दुई घण्टा राजमार्ग अवरोध गरेका हुन्। गत बिहीबार गाँउपालिका अध्यक्षको कार्यकक्षमै गइ उपभोक्ता समितिको भुक्तानी गर्न आलटाल गरेको आरोपसहित स्थानिय मधु कटवाले आफुमाथि  दुर्व्यवहार गरेको गाँउपालिका अध्यक्ष थापामगरको भनाई छ।

जनप्रतिनिधिलाई कार्यकक्षमै गएर कुटपिट गर्नेलाई नेकपाका सांसदको दबाबमा जिल्ला प्रहरी कार्यालयले उन्मुक्ति दिएको छ, नेपाली काँग्रेसका जिल्ला सभापति उज्वलप्रसाद बरालले भने, कानुनी राज्यको खिल्ली उडाउने काम भएको छ । उनले दुई तिहाईको सरकारको दम्भलाई प्रहरी प्रशासनले समेत सघाएको आरोप लगाए।

'उपभोक्ता समितिका अध्यक्ष सुर्दशन बराललाई अनुसन्धान गरौ, अनुसन्धान गरेर जे निष्कर्ष निकल्छ  हामी मान्छौ भन्दा प्रहरीले दिउसो बोलाएर बेलुका छलफलनै नगरी छाडीयो, उनले भने,'अन्याय गर्नेलाई सांसदको जिम्मा लगाए भनेर पाइदैन।' जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले हातपात गर्ने मधु भनिने सिद्धिबहादुर कटवाल फरार रहेको र उपभोक्ता समितिका अध्यक्ष सुर्दशनलाई तारेखमा छाडिएको बताए। सिद्धिबहादुरको उक्त योजनामा स्काभेटर मेसिन चलाइएको स्थानियले बताएका छन्। दोषिलाई कारवाही नभएसम्म चरणबद्ध आन्दोलन गर्ने काँग्रेस सभापति बरालले जानकारी दिए।

 

प्रकाशित: ३० चैत्र २०७५ ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App