१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘कालो वर्ष’मा भूकम्प र वैदेशिक रोजगारको कथा, ट्रेलर सार्वजनिक

काठमाडौं– फिल्म ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ। आगामी बैशाख १३ गतेबाट प्रदर्शनमा आउने फिल्मको शुक्रबार युट्युब च्यानल भिरगो टिभीमार्फत ट्रेलर सार्वजनिक गरिएको हो।

लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ। सुरेन्द्र बुढाथोकी, रश्मी शाह, रबिन भुजेल, रश्मी भट्ट, अशोक पहरी, करन साउद, डिजे सन्दीप खत्री, दिनेश सापकोटा लगायतका कलाकारको पनि अभिनय छ।

चलचित्रको कथा ओकेश पनेरुले नै लेखेका हुन्। योगेन्द्र पनेरु, राम खड्का र श्याम खड्का निर्माता रहेको चलचित्रमा खेम सारु मगरले संगीत भरेका छन्। त्यस्तै, अन्जु पन्त र विशाल निरौलाले गीतमा स्वर दिएका छन्। 

चलचित्रमा २०७२ सालमा गएको महाभूकम्प पछिको जनजीवन, बलात्कार र वैदेशिक रोजगारीमा जानेको कथा व्यस्था छ।

 

प्रकाशित: २९ चैत्र २०७५ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App