१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘लिबियाबाट नेपाली सेना तत्काल फर्किंदैन’

नेपाली सेनाले शान्ति सैनिक लिबियाबाट तत्काल नफर्किने स्पष्ट पारेको छ।

लिबियामा एक सातादेखि संघर्ष जारी छ। त्यस क्रममा कम्तीमा ५६ को मृत्यु भएको छ भने साढे दुई सय जनाभन्दा बढी घाइते भएका छन्। लिबियामा द्वन्द्व चर्किएसँगै अमेरिका र भारतले त्यहाँबाट आफ्ना शान्ति सेना फर्काएका छन्। त्रिपोलीस्थित राष्ट्र संघीय मिसनको सुरक्षाकाे जिम्मेवारी अहिले नेपाली सेनाकाे काँधमा छ।

यसैबीच नेपाली सेनालाई फिर्ता बोलाउने या नबोलाउने भन्ने विषयमा बहस तथा छलफल समेत भएका थिए। आजै संयुक्त राष्ट्रसंघले लिबियाबाट नेपाली शान्ति सैनिक फिर्ता गर्ने कुनै योजना रहेको स्पष्ट पारेको थियो। शुक्रबार नेपाली सेनाले एक विज्ञप्ती निकाल्दै नेपाली शान्ती सेना तत्काल फिर्ता बोलाउने योजना नरहेको बताएकोे छ। सेनाले अन्तर्राष्ट्रिय समुदायको नेपाली शान्ति सैनिकप्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध रहेको समेत स्पस्ट पारेको छ।

लिबियामा २ सय ३२ जना नेपाली शान्ति सैनिक छन्। उनीहरू त्रिपोलीस्थित राष्ट्र संघीय मिसनको सुरक्षामा छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग चैत २२ गते भएको वार्ता असफल भएलगत्तै राजधानी त्रिपोली कब्जा गर्न विद्रोही समूहका नेता खलिफा हप्तरले आफ्ना लडाकुलाई निर्देशन दिएका थिए। त्यसपछि राष्ट्रसंघका समर्थन प्राप्त सरकार र लडाकुहरूबीच संघर्ष हुँदै आएको छ।

 

प्रकाशित: २९ चैत्र २०७५ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App