१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

थपलियाविरुद्ध पाँच उजुरी

काठमाडौं – संवैधानिक परिषद्बाट प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाविरुद्ध पाँच उजुरी परेका छन्। संसदीय सुनुवाइ समितिले गत चैत २० देखि उनीविरुद्ध उजुरी आह्वान गरेको थियो। थपलियाविरुद्ध कर्मचारीबाटै धेरै उजुरी परेका छन्।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रहेका उनीविरुद्ध कर्मचारी समायोजनमा विभेद गरेको भन्दै उजुरी परेको छ। उजुरीकर्तामध्येका कर्मचारीहरूले दिएको विवरणअनुसार उनीविरुद्ध माथिल्लो तह र तल्लो तहका कर्मचारीलाई विभेद गरेको सम्बन्धी विभिन्न उजुरी परेका छन्।

कर्मचारी समायोजनमा प्रशासन सेवालाई केन्द्रबिन्दुमा राखेर अरु सेवालाई अपहेलना गर्ने काम गरेको पनि उजुरी परेको छ। कर्मचारीलाई पक्षपात गरी आतंक सिर्जना गर्ने व्यक्तिले निर्वाचन आयोग जस्तो महŒवपूर्ण नियकायको प्रमुखमा रहेर स्वतन्त्रपूर्वक काम गर्न नसक्ने उजुरीकर्ताको दाबी छ। त्यसैको उनको नाम सुनुवाइ समितिबाट अस्वीकृत गर्न माग गरिएको छ। यसैगरी, खुलेरै पार्टीमा लागेको कार्यकर्ता जस्तो व्यक्तिलाई स्वतन्त्र रहनुपर्ने निर्वाचन आयोग जस्तो निकायको प्रमुख आयुक्तमा सिफारिस गरिएकोले यस्तो व्यक्तिलाई प्रमुख आयुक्त बनाउन नहुने उजुरी पनि उनीविरुद्ध परेको छ। शुक्रबारसम्म थपलिया विरुद्ध उजुरीको समय तोकिएको छ।

गत चैत ११ गते संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा थपलिया र समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई सिफारिस गरेको थियो। ओझाविरुद्ध भने अहिलेसम्म कुनै उजुरी परेको छैन।

प्रकाशित: २९ चैत्र २०७५ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App