१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हावाहुरीबाट आधा अर्बको क्षति

काठमाडौं– दुई साताअघि आएको हावाहुरीबाट बारा र पर्साको कृषि तथा पशुपालनमा करिब आधा अर्ब रुपैयाँ क्षति पुगेको छ । हावाहुरीले कृषि र पशुमा ५० करोड ७९ लाख ३२ हजार  रुपैयाँ बराबर क्षति पुगेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको अध्ययनमा किसानले लगाएको खाद्यान्न, तरकारी, फलफूललगायतको कृषि क्षेत्रमा ५० करोड तीन लाख ४९ हजार र गाई, भैसी, बाख्राको मृत्यु हुँदा ७५ लाख ८३ हजार रुपैयाँको क्षति पुगेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार दुई जिल्लाका १० स्थानीय तहका २२ वटा वडामा क्षति पुगेको छ ।  हुरीले चार हजार पाँच सय ५२ हेक्टरको क्षेत्रफलमा खाद्यान्न, तरकारी तथा फलफूलमा क्षति पुगेको हो । एक हजार चार सय ३५ हेक्टर क्षेत्रफलमा पूर्ण रुपमा र तीन हजार एक सय १६ हेक्टरमा आंशिक्षक क्षति भएको प्रतिवेदनमा उल्लेख छ । दुई जिल्लामा एक सय १४ बाख्रा र खसी, १४ गाई र ३० भैंसी मरेका छन् भने एक सय ८२ बाख्रा, ७३ भैंसी र २९ गाई घाइते भएको मन्त्रालयले जनाएको छ । ती जिल्लाका पीडित किसानलाई प्रदेश सरकारले आग्रह गरे संघीय सरकारले राहत दिन सक्ने मन्त्रालयका उपसचिव गंगा आचार्यले बताए ।

प्रकाशित: २९ चैत्र २०७५ ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App