१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विप्लव नेकपामाथिको प्रतिबन्ध हटाउन अष्ट्रेलियन कम्युनिष्ट पार्टीको आग्रह

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन अष्ट्रेलियन कम्युनिष्ट पार्टीले  आग्रह गर्दै पत्र पठाएको छ। अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्र्सवादी-लेनिनवादी) ले विप्लव नेकपामाथिको प्रतिबन्ध हटाउनका लागि पत्र पठाएको हो।

अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्रसवादी-लेनिनवादी) का अध्यक्ष निक जीद्वारा हस्ताक्षरित पत्रमा प्रतिबन्ध हटाउन माग गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा आएको पत्रमा भनिएको छ, 'हामी आदरपूर्वक अनुरोध गर्दछौं, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापमाथि लगाएको प्रतिबन्धलाई हटाइयोस्।'

आपराधिक क्रियाकलाप गरेको भन्दै सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि फागुन २८ मा प्रतिबन्ध लगाएको थियो। पत्र २७ मार्च २०१९ मा पठाइएको हो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App