मिडियाले संघीयताको अनुभूति गर्न पाएका छैनन्

बिहिबार, २८ चैत २०७५, ११ : ४३ विष्णुप्रसाद देवकोटा

डोल्पा- नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपाली सञ्चार क्षेत्रमा अझैं पनि संघीयता नआएको बताएका छन्। नेपालको संविधानमा मिडियाको सबै अधिकार स्थानीय तहमा हुने ब्यवस्था छ । तर पनि सामान्य कामको लागि समेत जिल्लाका पत्रकारहरू काठमाण्डौ धाउनु पर्ने बाध्यता नहटेको उनले बताए।

सञ्चार क्षेत्रमा संघीयता नआएसम्म अन्य क्षेत्रमा मात्रै आएको संघीयता टिक्नै नसक्ने उनले बताए। हामिले गरेको पत्रकारिता हरेक नागरिकको पक्षमा हुनुपर्छ। आवाज विहीनहरूको आवाजलाई मुखरित गर्न सक्नु पर्छ। उनले भने। साना स्वरोजगारमुलक र गैरनाफामूलक मिडियालाई राज्यले संरक्षण गर्नु पर्ने उनले बताए । पत्रकार महासंघले नमुना मोडेल कानुन बनाएर प्रदेश सरकारलाई दिइसकेकोले अब केन्द्रको मुख ताकेर बस्नु नपर्ने उनको भनाई थियो।

डोल्पाको दुनैमा पहिलो पटक सम्पन्न पत्रकार आचारसंहिता सचेतना तथा मिडियाप्रतिको जनगुनासो सुनवाई कार्यक्रममा उनले यस्तो बताएका हुन्। कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले दुई हजारमा बिक्ने पत्रकार नभई दुई हजार जनमानसको मन जित्ने पत्रकारिता अहिलेको आवश्यकता भएको बताए ।

 







यसमा तपाईको मत

अन्य समाचार

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

गुगल म्याप्सलाई टक्कर दिँदै हुवावेले आफ्नै म्याप्स ल्याउने भएको छ ! ...

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

Ncell Footer Ad