१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रात्रि बस त्रिसुलीमा खस्दा नौ जना गम्भीर घाइते, केही बेपत्ता भएकाे अनुमान

चितवन- काठमाडाैंबाट भैरहवा जान आउँदै गरेको लु१ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् ।  

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । बसको आधा भाग त्रिशूलीमा डुबेकाले अन्य यात्रु बेपत्ता भएको हुनसक्ने भन्दै नदी र दुर्घटनास्थल आसपासमा खोजी कार्य जारी रहेको उनले जानकारी दिए । 

दुर्घटनाग्रस्त बसको चालक र सहचालक सम्पर्कमा नरहेकाले बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन । मुग्लिन-नारायणगढ सडकखण्ड स्तरोन्नतिको काम भइरहेकाले पटकपटक सवारी दुर्घटनाका घटना भइरहेका छन् । रासस 

प्रकाशित: २ कार्तिक २०७३ १६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App