१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीनकुनेमा हतौडाले एटिएम फुटाएर पैसा निकाल्न खोजेपछि...

काठमाडौं– राजधानीको तीनकुनेमा एक व्यक्तिले हतौडाले एटिएम फुटाएर पैसा निकाल्ने प्रयास गरेका छन्। 

रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ डिल्लीबजार क्षेत्रमा बस्ने १८ वर्षीय दीपक तामाङले मंगलबार राती करिब १० बजेको समयमा तीनकुनेस्थित एनसीसी बैंकको एटिएम हतौडा, फलामको छिनो र मार्तोल प्रयोग गरी फुटाउने प्रयास गरेका थिए। दीपकले सिसीटिभी क्यामेरा फुटाएर एटिएम मेसिन तोडफोडको प्रयास गरिरहँदा प्रहरीले घटनास्थलबाट रंगेहात पक्राउ गरेको थियो। 

महानगरीय प्रहरी परीसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले तामाङ् यसअघि पनि चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको देखिएको बताए। ‘यसभन्दा अघि पनि तामाङको आपराधिक गतिविधिमा संलग्नता भेटिएको छ, उनीमाथि थप अनुसन्धान भइरहेको छ’, उनले भने, ‘सीसीटिभी र अन्य गतिविधिको सुक्ष्म अध्ययन गरिरहेका छौं, उसले अहिलेसम्म बोलेको छैन।’

यसअघिका एटिएम चोरीमा पनि तामाङको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीले एटिएम फुटाउन प्रयोग भएको हतौडा, फलामको छिनो, र मार्तोलसहित तामाङ्लाई नियन्त्रणमा लिएको थियो। 

प्रकाशित: २७ चैत्र २०७५ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App