१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पर्यटन प्रवर्द्धन गर्न खाम्लालुङमा हाेमेस्टे

आठराई गाउपालिका–२ खाम्लालुङमा खोरङदेन सामुदायिक होमस्टेमा पाहुना स्वागतका लागि च्याब्रुङ नाच्दै कलाकारहरु। फोटोः भगिश्वर लिम्बु/नागरिक

तेह्रथुम– तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङमा खोरङदेन सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ। पर्यटकीय दृष्टीकोेणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको यस क्षेत्रलाई नमुनास्थलको रुपमा चिनाउन जिल्लामै पहिलो पटक होमस्टेको सुरुवात गरिएको हो।

सदरमुकाम म्याङलुङ देखी ६५ किलोमिटर उत्तरपुर्वमा रहेको यस स्थानमा सञ्चालन गरिएको होमस्टेको विशेषता गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्नेस्थल बनेको छ। लिम्बु समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा लिम्बु जातीको साँस्कृतिक नाच तथा खाना परिकारहरु, भेषभुषा लगायत लोप हुने क्रममा रहेका संगिनी तथा बालन नाचहरु पर्यटकले देख्न पाउने खोरङदेन सामुदायिक होमस्टेकी अध्यक्ष सिर्जना लामा फोम्बोले बताइन्।

आठराई क्षेत्रमा अवस्थित ओझेलमा परेका पर्यटकीय गन्तव्यको उजागर गर्दै स्थानीय जातजातीहरुको संस्कार, संस्कृती, रीतिरिवाज, भेषभुषा, खानपान आदि कुरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर सम्म चिनाउने उद्देश्य होमस्टे सञ्चालकको छ। गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरी धेरै पर्यटक भित्र्याउने लक्ष्यले सुरु भएको यहाँको होमस्टे प्रवर्द्धनका लागी आठराई गाउँपालिका वडा नं. २ ले वार्षिक रुपमा बजेट बिनियोजन गर्ने वडाध्यक्ष दिलकुमार पाहिमले बताए।

होमस्टेमा आउने पर्यटकलाई मौलिक कला, संस्कृति झल्कने झाँकी, गीत र नृत्य पनि देखाउने गरिएको छ। लिम्बु जातिको बाहुल्य रहेको खाम्लालुङमा च्याब्रुङ,पालाम, यालाङ जस्ता मौलिक संस्कृतिले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ। यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक तान्ने ध्येयले गाउँपालिकाले समेत पर्यटन गुरुयोजना बनाई सम्भावित क्षेत्रहरुको डिपिआर तयार गर्न लागेको आठराई गाउपालिकाका अध्यक्ष मान बहादुर लिम्बुले बताए।

अर्ग्यानिक खानाहरू आलु,भटमास,मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, याङबेन, किनीमा तथा स्थानीय परिकारहरुमा पर्यटक रमाउने गरेका छन्। पर्यटकीय क्षेत्रहरुको अवलोकन सँगसँगै पर्यटकहरुले लोप हुने  क्रममा रहेको स्थानियको संस्कृतीहरु पनि देख्न पाउने स्थानिय डिल्ली प्रसाद निरौलाले बताए।

यस क्षेत्रमा याकुम्बा गढि, झाँक्रीगुफा, मैयायक झरना, चमेरो ओढार, लिहि ढुंगा, अधेँरी खोला लयायतका पर्यटकिय क्षेत्रहरुको अवलोकन गर्न सकिन्छ भने यहाँबाट कञ्चनजंघा तथा कुम्भकर्ण लगायतका हिमश्रृङखलाहरुको पनि दृुष्यावलोकन गर्न पाइने होमस्टे व्यवस्थापन समितिले जनाएको छ।

प्रकाशित: २७ चैत्र २०७५ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App