१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

किचन कन्सेप्टको हाइजेनिक किचन

नयाँ घर, हाउजिङ वा अपार्टमेन्ट निर्माण गरेपछि किचन कस्तो बनाउने विषयमा सबैलाई चिन्ता हुन्छ। नयाँ किचनमा रेफ्रिजेनेटर कुन लोकेसनमा राख्ने? चुलो कस्तो र कहाँ जडान गर्ने? माइक्रो ओभन कहाँ जडान गर्ने? काँटा, चम्चा, डाडु, पन्यू कता झुण्ड्याउने? खाना पकाउने भाँडाकुँडा कुन ठाउँमा घोप्टाउने? तरकारी, खाद्यान्न, खाजालगायतका सामग्री कुन कर्नरमा भण्डारण गर्ने?

यस्ता समस्याले धेरैलाई सताउँछ। ठूलो धनराशि खर्चेर बनाएको आफ्नो निवासको भान्सा आकर्षक होस् भन्ने सबैको चाहना हुन्छ। किचनको डिजाइन गर्न, सामान खोज्न र जोड्नका लागि पनि हैरान हुन्छ। करोड हाराहारी खर्चिएर बनाएको घरमा किचन कस्तो बन्ला भन्ने पिरलो हुनु पनि स्वाभाविक हो। चिरिच्याट्ट किचन भएन भने आफन्त, नातागोता, साथीभाइले के भन्ला भन्ने चिन्ता हुन्छ।

यी र यस्ता यावत् समस्याको समाधान मोडुलर किचनले गर्छ। त्यसका लागि किचन कन्सेप्ट प्रालि काठमाडौंले चिरिच्याट्ट परेको हाइजेनिक किचन बनाउँदै आएको छ। भान्सा कोठाको स्पेसअनुसार किचनको सेटिङ डिजाइन गरेर सामान जडान गर्ने गरेको छ।

प्रयोगकर्ताको आवश्यकता र मागअनुसार मोडुलर किचन तयार गर्दै आएको किचन कन्सेप्ट प्रालिका प्रबन्ध निर्देशक प्रकाश टिवडेवालले बताए। ‘उपभोक्ताको डिमाण्डअनुसार किचनको डिजाइन गरेर सबै सामग्री जडान गर्छौं,’ टिवडेवालले भने, ‘किचनमा चाहिने कम्प्लिट प्याकेज नै तयार गरेका छौं।’

विगतमा भान्सा कोठामा काठको -याक, सिमेन्टका तखता बनाएर भाँडाकुँडा घोप्ट्याउने प्रचलन थियो। समयको मागसँगै मोडुलर किचन ग्लासबाट बनाइन्छ।

सफा गर्न सजिलो, खिया नलाग्ने, देख्दा पनि आकर्षक होस् भनेर हाइजेनिक किचन बनाउन थालेको टिवडेवालले बताए। किचन कन्सेप्टले हाइजेनिक किचनको अवधारणा ल्याएको छ। गृहिणीको अधिकांश समय किचनमा बित्छ। मानव स्वास्थ्यका लागि पनि सफा खाना खानु आवश्यक छ। त्यसका लागि किचन पनि सफा हुनुपर्छ। ‘हाइजेनिक किचनको माग बढ्दो छ,’ टिवडेवालले भने, ‘प्रयोगकर्ताको मागअनुसार गुणस्तरीय सेवा दिएका छौं।’ एउटा किचनको जडान गर्न न्यूनतम तीन लाख रुपैयाँ खर्च लाग्ने टिवडेवालले बताए।

सानो स्पेसमा पनि आकर्षक डिस्प्लेमा किचन तयार गर्ने किचन कन्सेप्टकी डिजाइनर रिकिता महर्जन बताउँछिन्। ‘थोरै ठाउँमा पनि धेरै सामग्री राख्न मिल्ने गरी किचनको डिजाइन गर्छौँ,’ उनले भनिन्, ‘स्पेसअनुसार डिजाइन गरेर किचनको सेटअप मिलाउँछौं।’ किचनमा प्रयोग हुने सबै एक्सेसरिज उपलब्ध गराउने किचन कन्सेप्टले जनाएको छ। किचन कन्सेप्टले उबर, सिल्कलगायतका चर्चित ब्राण्डका सामान जडान गर्दै आएको छ।

किचन कन्सेप्टले लाइफ टाइम सर्भिस दिने जनाएको छ। काठमाडौं मात्र नभएर मुलुकका विभिन्न शहरमा सेवा दिँदै आएको छ। किचन कन्सेप्टका सातवटा सोरुम छन्। ‘उपभोक्ताले अर्डर गरेपछि सबै सामान लगेर फिटिङ गर्छौं,’ महर्जनले भनिन्। सामान टिकाउ र गुणस्तरीय भएकाले प्रयोगकर्ताले डिजाइन, जडानदेखि सामान खरिद गर्न कुनै झन्झट लिनुपर्दैन।  किचनमा चुलो, चिम्नी, भाडा धुलाउने धारा (सिंक), ओभन, माइक्रो ओभन, रेफ्रिजेनेटरलगायतका किचनमा आवश्यक सामग्री किचन कन्सेप्टले प्याकेजमा उपलब्ध गराउने गरेको छ। ‘प्रयोगकर्ताको छनोटअनुसारको रंग र बनोटका टायल जडान गर्छौं,’ उनले भनिन्। किचन कन्सेप्टले जर्मनी, इटली, चीन, भारतलगायत मुलुकबाट सामग्री ल्याएर बिक्री गर्दै आएको छ। 
प्रस्तुतिः दिलीप पौडेल

प्रकाशित: २७ चैत्र २०७५ ०७:५६ बुधबार

किचन नयाँ_घर मोडुलर_किचन नागरिक परिवार