१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घुस दिन खोज्दा गाडी चालक परे प्रहरीकाे फन्दामा

काठमाडाैँ - प्रहरीलाई घुस दिन खोज्ने एक जना गाडी चालक पक्राउ परेका छन्। धादिङ घर भई काडमाडौं सतुंगल बस्ने ३३ वर्षीय एक बहादुर तामाङलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा त्रिपुरेश्वरमा १ हजार रुपैयाँ घुस दिन खोजेकोले ट्राफिक प्रहरी प्रभाग थापाथलीको टोलीले उनलाई पक्राउ गरेको प्रहरी नायव निरीक्षक सिद्दी गणेश शाहले जानकारी दिए।

ट्राफिक नियम उल्लंघन गरेकोले कारबाहीबाट बच्न घुस दिन खाजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको शाहले बताए। उनको बा २ ख ६१८६ नम्बर गाडीसमेत नियन्त्रणमा लिएको छ। उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ चैत्र २०७५ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App